२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

पोखरामा नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प उद्घाटन

पोखरा। नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुक्रबार पोखरा महानगरपालिकाको सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालय परिसरमा नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका छन्। खापुङले उक्त पेट्रोल पम्पको उद्घाटन नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीले समाजमा शान्ति र सुरक्षा कायम राख्न समुदाय र विभिन्न क्षेत्रसँग निरन्तर सहकार्य गर्दै आएको बताए। उनका अनुसार नव उद्घाटन गरिएको पेट्रोल पम्पले गुणस्तरीय इन्धन उपलब्ध गराउनुका साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वास अभिवृद्धिमा पनि सहयोग पुर्‍याउनेछ। उनले प्रहरी संगठनलाई राज्यको भरोसायोग्य र विश्वसनीय संस्थाका रूपमा रहेको उल्लेख गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री सेवा प्रदान गर्न निर्देश दिए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभकामना मन्तव्य दिएका थिए। त्यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य दिएका थिए।

उक्त अवसरमा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य दिएका थिए भने प्राविधिक प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रताप महतोले पेट्रोल पम्प निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेपाल प्रहरी कल्याण कोषको कुल लागत रु. ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रुपैयाँमा उक्त पेट्रोल पम्प र सम्बन्धित पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गरिएको हो।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, कास्कीका सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…