116Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ शनिबार पोखराको एसआर के.सी. बेन्क्वेट, फुलवारीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्वतमान डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, विशेष अतिथि एलसिआइएफ एरिया लिडर एवं लायन्स अन्तर्राष्ट्रिय आइडी इन्डोर्सी राजन लम्साल रहेका थिए भने कार्यक्रमको अध्यक्षता डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले गरेकी थिइन् ।

गभर्नर पाण्डेले ‘सर्भ लिड र राईज’ भन्ने नारासहित सुरु गरिएको आफ्नो कार्यकालको चार महिनामा डिष्ट्रिक्टले उल्लेखनीय सेवा र नेतृत्व प्रदर्शन गर्न सफल भएको बताईन् । “बोलेका कुराहरू व्यवहारमा परिणत भएका छन्,” उनले भनिन्, “अब चुनौती यो हो की हामीले बर्षको अन्तसम्म यो स्तर कायम राख्न सक्छौं कि सक्दैनौ ?” उनका अनुसार डिष्ट्रिक्ट ३२५ आई नेपालले हालै लायन्स अन्तर्राष्ट्रियमा मेम्बरशिप ग्रोथमा विश्वकै पहिलो स्थान हासिल गरेको छ । यस उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बनाएको उनको भनाइ थियो ।

“हाम्रा अभिभावक— पूर्व डिष्ट्रिक्ट गभर्नरहरूको निरन्तर नेतृत्व र समर्पणकै कारण रि–डिष्ट्रिक्टीङ पछि पनि हाम्रो डिष्ट्रिक्टले कहिल्यै दोस्रो हुन परेको छैन,” गभर्नर पाण्डेले थपिन्, “अब यो गौरव कायम राख्ने जिम्मेवारी हामी सबैको हो ।” गभर्नर पाण्डेले कमजोर क्लबहरूलाई सबल बनाउने, सदस्यहरूलाई आजीवन सदस्यतामा रूपान्तरण गर्ने, महिला र युवा सशक्तिकरणका साथै नेतृत्व विकास, सहकार्य (फेलोसिप) र सामाजिक सेवामा सक्रियता बढाउने मुख्य कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्वतमान डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले गभर्नर पाण्डले कार्यकालको सुरु मै देखिएको प्रभावकारी नेतृत्वको प्रशंसा गर्दै चार महिनामै नेपालका लायन्स सदस्यहरूलाई गर्व महसुस हुने गरीे डिष्ट्रिक्टलाई ऊर्जावान नेतृत्व प्रदान गर्नुभएको बताए । त्यसैगरी, विशेष अतिथि एलसिआइएफ एरिया लिडर एवं आइडी इन्डोर्सी राजन लम्सालले डिष्ट्रिक्टले सञ्चालन गरेका सामाजिक कार्यहरू तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले महत््वपूर्ण रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा मल्टिपल को-अर्डिनेटर मन बहादरर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, डिष्ट्रिक्टका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, पूर्व गभर्नरहरु चन्द् कुमार केसी, राम बहादुर बसेल, इन्दु लम्साललगाएतले डिष्ट्रिक्ट ३२५ आई नेपालको उल्लेखनीय उपलब्धी र गभर्नरको समर्पित नेतृत्वको प्रशंसा गरेका थिए ।

सो अवसरमा गभर्नर पाण्डेले डिष्ट्रिक्टका विभिन्न तहका पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूलाई उत्कृष्ट कार्यका लागि सम्मानित गरिन् ।

समारोहमा नेशनल क्रियसन एकेडेमीका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने डिएलएलआई स्टार लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष करण कँडेलले सांगेतिक प्रस्तुति राखेका थिए ।

क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठका अनुसार कार्यक्रममा झण्डै एक हजारभन्दा बढी लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा आयोजक लायन्स क्लब अफ पोखरा अञ्जुलीले प्रकाशन गरेको स्मारिका तथा डिष्ट्रिक्ट डाईरेक्ट्रीको विमोचन पनि गरिएको थियो । सो अवसरमा क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले सचिवको प्रतिवेदन र ट्रेजरर महेन्द्रकुमार राठीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आयोजक क्लबका अध्यक्ष निर्मला थापा र कार्यक्रम संयोजक अमृत शोभा खत्रीले दोस्रो क्याबिनेट मिटिङ सफल बनाउन सहयोग गर्ने क्लब अध्यक्ष, रिजन तथा जोन चेयरपर्सन एवं एरिया लिडरहरूलाई सम्मान गरेका थिए ।

116Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected