
0Shares
पोखरा । विशेष कारणवश स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक आउँदो कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयले मंगलबार सूचना जारी गर्दै अघिल्लो असोज २२ गतेका लागि तोकिएको बैठक अन्य कारणवश स्थगित हुन गएको र नयाँ मिति तोकिएको जानकारी दिएको हो।
सूचना अनुसार बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल, मालेपाटन, पोखरामा बस्नेछ।
प्रदेशसभाका सभामुखले मिति र स्थान निर्धारण गरी दिएको निर्णयअनुसार यो सूचना प्रकाशित गरिएको सचिव गोविन्द पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
सचिवालयका अनुसार सूचना प्रदेशसभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम सार्वजनिक गरिएको हो।
असोज २२ गतेका लागि तोकिएको बैठक विशेष कारणवश स्थगित भएको थियो। नयाँ मितिसहित प्रदेशसभा पुनः सञ्चालनको तयारीमा छ।
0Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















