9Shares

भैरहवाबाट ५४ लाखभन्दा बढी मूल्यका फ्राइज निर्यात, विश्व बजारमा नेपाली उत्पादनको नयाँ यात्रा

काठमाडौँ । नेपालको फ्रोजन खाद्य उद्योगले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भैरहवा भन्सार कार्यालयमार्फत रु. ५४ लाख ८८ हजार एक सय ५८ मूल्य बराबरका ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलोपटक अमेरिका निर्यात गरिएको हो।

रुपन्देहीस्थित फूट च्वाइस फुड्स प्रालिले अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेनर (कुल ४३ हजार ५२० किलोग्राम) फ्रोजन फ्रेन्च फ्राइज पठाएको भन्सार कार्यालयले जनाएको छ।

भैरहवा भन्सार कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपालमै उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाउनु नेपालको खाद्य उद्योगका लागि ऐतिहासिक माइलस्टोन भएको बताइएको छ। यस कदमले वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा अन्य नेपाली खाद्य उत्पादनहरूको पनि विश्व बजारमा विस्तारको बाटो खुल्ने विश्वास लिइएको छ।

भन्सार कार्यालयले निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा–सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गरिरहने प्रतिबद्धता जनाएको छ। साथै, निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्राथमिकता लिने जनाएको छ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected