२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

नायोरोका उपप्रमुखसहितको जापानी प्रतिनिधिमण्डललाई पोखरा वृद्धाश्रममा स्वागत

पोखरा । जापानको नायोरो नगरका उपप्रमुखसहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा वृद्धाश्रममा स्वागत गरिएको छ। नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो तथा समाजकल्याण शाखाका प्रबन्ध निर्देशक युटो गोटो सहितको टोलीलाई पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उपप्रमुख हाशिमोतोले आफू दोश्रोपटक पोखरा आएको बताउँदै यो आफ्नो मनपर्ने स्थानमध्ये एक भएको उल्लेख गरे। उनले जापानमा ज्येष्ठ नागरिक हेरचाह, औसत आयु, सेवा प्रणाली लगायतका विषयमा जानकारी बाँडे।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले समाजसेवी स्व. ऋषिकेशव पराजुलीद्वारा २०५३ सालमा स्थापना गरिएको पोखरा वृद्धाश्रमले स्थापना कालदेखि नै असहाय ज्येष्ठ नागरिकलाई आश्रयस्थलका रूपमा सेवा पुर्‍याउँदै आएको बताए। यसअघि नायोरोमा ज्येष्ठ नागरिक सेवा प्रणालीबारे प्रत्यक्ष रूपमा धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले त्यहाँका सिकाइहरूलाई सीमित स्रोत–साधनबीच पनि पोखरामा लागू गर्ने प्रयास भइरहेको जानकारी दिए।

कार्यक्रममा नायोरो समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्साललगायतले मन्तव्य राखेका थिए।

अन्त्यमा अध्यक्ष पराजुलीले नायोरो नगर र समाजकल्याण शाखाका प्रतिनिधिलाई नेपाल–जापान मैत्री झल्कने प्रकारको मायाको चिनो प्रदान गरेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…