1Shares

पाेखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैठौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले सन्तोष बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्ष पदमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सर्वसम्मत चयन भएका छन् । अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आशिष पुरी र मिलन थापालाई चयन गरेको  छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected