1Shares

लुम्ले, कास्की। नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण–६/७ उपशाखा लुम्लेको २८औँ साधारणसभा शनिबार सम्पन्न भएको छ।

उपशाखाका सभापति नुमलाल देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर के.सी.ले रेडक्रस एक मानवीय संस्था भएकाले गाउँपालिका भित्रका सबै रेडक्रस उपशाखासँग सहकार्य गरेर काम गर्न गाउँपालिका इच्छुक रहेको बताए । विशेषगरी विपद् व्यवस्थापनको क्षेत्रमा रेडक्रससँग समन्वय गर्न सके नागरिकले छिटो राहत पाउन सक्ने भएकाले गाउँपालिका र रेडक्रस मिलेर अघि बढ्ने उनको  भनाइ थियो।

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष एकदेव देवकोटा तथा वडा नं. ७ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता भरतमान गुरुङले रेडक्रस उपशाखाले वडासँग सहकार्य गरी विपद् व्यवस्थापन क्षेत्रमा उत्कृष्ट काम गरेको उल्लेख गरेका थिए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङ तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा लुम्लेका पूर्व सभापति भक्तिराम देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा निवर्तमान सभापति चुडामणि देवकोटाले स्वागत मन्तव्य रहेको कार्यक्रममा रेडक्रसका सात सिद्धान्त वाचन कार्यसमिति सदस्य अनिता वि.क.उपशाखाका सचिव दिनेश कुमार जि.सी.ले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खुमराज देवकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरिएको छ।

साधारणसभाकै अवसरमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा लुम्लेको ढाकेमा निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण–६/७ उपशाखा लुम्लेको कार्यालय भवनको प्रमुख अतिथि के.सी.बाट उद्घाटन गरिएको थियो।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected