
0Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ४५ लाख ३० हजार ९१३ मत गणना सम्पन्न भएको छ। जसको झण्डै आधा मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ। जुन हालसम्म गणना भएको मतको ४९.४३ प्रतिशत हो। यसैगरी नेपाली काँग्रेसले सात लाख ६० हजार ४८५ (१६.७८ प्रतिशत) र नेकपा एमालेले ६ लाख ४६ हजार ७७० (१४.२७ प्रतिशत) मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीले तीन लाख चार हजार ६२ समानुपातिक मत पाएको छ। जुन गणना भएको कुल मतको ६.७१ प्रतिशत हो।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















