एनआरएनएको १२औँ महाधिवेशन सम्पन्न: डा. हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत, ‘एकता’का नाममा विशाल कार्यसमिति गठन
- March 18, 2026
- 423

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। यसपटकको महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा प्रस्तुत गर्दै संगठनभित्रका विभिन्न पक्षलाई समेट्ने उद्देश्यले अघिल्ला कार्यकालभन्दा ठूलो र समावेशी कार्यसमिति गठन गरिएको छ।
निर्वाचन समितिले मंगलबार राति सार्वजनिक गरेको परिणामअनुसार अध्यक्ष पदमा डा. हेमराज शर्मा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन चयन भएका छन् भने उपाध्यक्ष पदमा करिब दुई दर्जन सदस्यहरू समेटिएका छन्। निर्वाचन समितिका सदस्य टिबी कार्कीका अनुसार सबै पक्षबीच सहमति कायम गर्न विस्तृत संरचना बनाइएको हो।
महासचिवमा डा. चिरञ्जीवी खड्का चयन भएका छन्। उपमहासचिवमा ६ जना र सचिवमा १२ जना सर्वसम्मत निर्वाचित भएका छन्। कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना तथा प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।
शनिबारदेखि सुरु भएको महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै सम्पन्न भएको हो। कार्यक्रममा निवर्तमान अध्यक्षहरू डा. बद्री केसी र महेश श्रेष्ठ, पूर्वअध्यक्ष आरके शर्मा तथा विनोद कुँवर लगायतको सहभागिता रहेको थियो।
नयाँ कार्यसमितिमा विभिन्न तहका पदाधिकारी, क्षेत्रीय संयोजक, महिला तथा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। संगठनभित्र एकता कायम गर्दै विश्वभर रहेका नेपालीहरूको साझा मञ्चलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित यो कार्यसमिति गठन गरिएको जनाइएको छ।
नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छः
अध्यक्ष: डा. हेमराज शर्मा
वरिष्ठ उपाध्यक्ष: रविन शेरचन
उपाध्यक्षहरू:
रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, रोशन थापा, प्रविण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, लोकप्रसाद दाहाल, भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, विश्वदीप तिगेला, तिलक गैरे
महिला उपाध्यक्ष: राधिका गुरुङ ‘टिका’
युवा उपाध्यक्ष: भिमसेन थापा
महासचिव: डा. चिरञ्जीवी खड्का
उपमहासचिवहरू:
अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल, स्वतन्त्र प्रताप शाह
सचिवहरू:
अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिम्सिना, रमेश भट्ट
महिला सचिव: अमृता थापा कञ्चन
कोषाध्यक्ष: कृष्णप्रसाद तिम्सिना
सह-कोषाध्यक्षहरू:
अब्दुल बासिद, विमल सुवेदी
महिला सह-कोषाध्यक्ष: गंगा खतिवडा
महिला संयोजक: रश्मि थापा
युवा संयोजक: नविन निउरे
क्षेत्रीय संयोजकहरू:
- अफ्रिका: मनोज विक
- अमेरिका: भुवन खरेल
- एसिया प्यासिफिक: दिपक प्रसाद कडेल
- युरोप: रोबर्ट लिम्बु
- मध्यपूर्व: रमेश श्रेष्ठ
- ओसेनिया (अस्ट्रेलिया): रमेश जोशी
क्षेत्रीय उप/सह-संयोजकहरू:
- अमेरिका उप-संयोजक: नेत्र पाण्डे, सम्राट थापा
- एसिया प्यासिफिक सह-संयोजक: भबिन्द्र बस्नेत, छत्रबहादुर दाहाल, लालसिंह खड्का
- युरोप सह-संयोजक: तिलकराम भट्टराई
- मध्यपूर्व सह-संयोजक: विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया
- ओसेनिया उप-संयोजक: छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले
क्षेत्रीय महिला संयोजकहरू:
- एसिया प्यासिफिक: संगिता अधिकारी
- युरोप: बाबा राजेश्वरी थापा
- मध्यपूर्व: सरिता भण्डारी
क्षेत्रीय महिला सह-संयोजकहरू:
- युरोप: राधा सिग्देल किरण
- मध्यपूर्व: मन्जु मल्ल उचाई
क्षेत्रीय युवा संयोजकहरू:
- एसिया प्यासिफिक: राम थापा ‘अनिल’
- युरोप: शिव सागर बुढाथोकी
- मध्यपूर्व: सुजन सापकोटा
क्षेत्रीय युवा उप-संयोजकहरू:
- युरोप: अम्मान गौचन
- मध्यपूर्व: बासुदेव सापकोटा
दोस्रो पुस्ता संयोजक: दीपमाला ढकाल
प्रवक्ता: सोम सापकोटा





सम्बन्धित खवर
















