
पोखरा। पोखरा महानगरपालिका–२१, दोबिल्लास्थित समाजसेवी भरत रायमाझीको घरमा शनिबार साँझ आफन्त र साथीभाई जमघट भइरहेको छ । आफ्नो रुचि अनुसारको पेय पदार्थका साथ स्यानेक रम्दै समाजसेवी रायमाझीलाई ६२ औं जन्मदिनको शुभकामना दिंदै थिएँ ।
त्यही बीचमा दुई युवतीहरू सरासर रायमाझी निवासमा आयोजित समारोहमा प्रवेश गर्छन् । अष्ट्रेलियमा रहेकी रायमाझी पुत्री सोनीको पार्सल भन्दै रायमाझी दम्पत्तिलाई पार्सल थमाए । जसमा नगदले सजिएको कुसुमाकर बक्स र ¥यापिङ फ्रेम थियो । पार्सल बाहक युवतीले ¥यापिङ फ्रेम खोल्न लगाएर त्यहा लेखिएको सन्देश आफैंले पढेर सुनाउँछिन् ।

छोरीको शुभकामना सन्देश सुनेर भरत रायमाझी भावुक मात्र भएनन्, भक्कानिए हर्षका आँसु वर्षाए । उनका आँखामा टिलपिलाएका हर्षका आँसुले त्यहा भेला भएको आफन्त र इष्टमित्रलाई पनि भावुक बनायो । रायमाझीको छेउवै रहेकी उनकी पत्नी सम्झना आफूलाई सम्हाल्दै पतिलाई नरुन पटकपटक आग्रह गरिरहेकी थिइन । त्यसपछि उनी समहालिएर भिडियो कलमा केही भावुक हुँदै छोरीसँग छोटो कुरा पनि गरे ।

छोरी सोनीले पठाएको सन्देशमा बाबालाई आफ्नो संसारको आधार, प्रेरणाको स्रोत र जीवनको मार्गदर्शकका रूपमा चित्रण गरिएको थियो । बाबाको माया शब्दमा नभई व्यवहार, संस्कार र जीवनका हरेक पाइलामा देखिएको उल्लेख गर्दै उनले सधैं स्वस्थ, सुखी र दीर्घायु रहन शुभकामना दिएकी छन् ।
छोरी सोनी रायमाझीले पठाएको जन्मदिनको शुभकामना सन्देश प्रस्तुत हुँदा देखियो। फ्रेममा सजाइएको उक्त सन्देशमा छोरीले बाबाप्रतिको माया, सम्मान र कृतज्ञता व्यक्त गरेकी थिइन्। गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरी पुनः स्वस्थ जीवनतर्फ फर्किएका बाबाको साहस, त्याग र परिवारप्रतिको समर्पणलाई सम्झँदै उनले लेखेका शब्दहरूले उपस्थित सबैको मन छोएको थियो।
सन्देशमा बाबालाई आफ्नो संसारको आधार, प्रेरणाको स्रोत र जीवनको मार्गदर्शकका रूपमा चित्रण गरिएको थियो। बाबाको माया शब्दमा नभई व्यवहार, संस्कार र जीवनका हरेक पाइलामा देखिएको उल्लेख गर्दै उनले सधैं स्वस्थ, सुखी र दीर्घायु रहन शुभकामना व्यक्त गरेकी थिइन्। छोरीको भावनाले भरिएको सन्देश सुनिरहँदा स्वयं भरत रायमाझी मात्र होइन, कार्यक्रममा सहभागी धेरैका आँखासमेत रसाएका थिए।
समाजसेवी रायमाझीले आफ्नो ६२ औं जन्मदिन विशेष बनाउनुको रहस्य भने अर्कै छ । समान्य अवस्थामा रहेका रायमाझीको गत फागुन महिनामा एक्कासी रक्तचाप देखिएको । तत्काल स्वास्थय परीक्षण गर्दा उनको मुटुमा ब्लकेज देखिएपछि २०८२ फागुन २५ मा काठमाडौंस्थित शहीद गंगालाल हृदय रोग अस्पतालमा बाई पास सर्जरी गरियो । भर्खर नयाँ जीवन पाएको खुशीयालीमा उनले ६२ औं जन्मदिनका अवसरमा आफ्नासँग खुशी साटेर जन्मदिन मनाएका छन् ।

उनले मुटुको जटिल शल्यक्रियाबाट नयाँ जीवन पाएको अनुभूति भएकाले जन्मदिनलाई विशेष बनाएको बताए । रायमाझीले आफूलाई शुभकामना, माया र साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले परिवार, साथीभाइ र शुभेच्छुकहरूको साथ र सद्भावले जीवनप्रति थप उत्साह र आत्मविश्वास जागेको सुनाए ।







सम्बन्धित खवर















