0Shares

पोखरा । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय गण्डकी, पोखराले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित श्री भवानीकालिका उच्च माध्यमिक विद्यालयतथा वडा नं. ३२ स्थित श्री गोगन उच्च माध्यमिक विद्यालय मा निःशुल्क उच्चगतिको FTTH इन्टरनेट सेवा उपलब्ध गराएको छ।

सेवा हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख उप–प्रबन्धक इन्जिनियर प्रेमराज ढुंगानाले नेपाल टेलिकमले गुणस्तरीय दूरसञ्चार सेवा देशका कुनाकाप्चासम्म विस्तार गर्न सफल भएको उल्लेख गर्दै नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने सार्वजनिक संस्थानका रूपमा टेलिकमले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए।

कार्यक्रममा श्री भवानीकालिका उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश भट्टराईले नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व कार्यक्रमको प्रशंसा गर्दै विद्यालयलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल टेलिकमसँग सहकार्य गर्न विद्यालय सधैं तत्पर रहने धारणा राखे ।

त्यसैगरी श्री गोगन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक किरण बाबु न्यौपानेले वर्तमान डिजिटल युगमा टेलिकम तथा इन्टरनेट मानव जीवन र शिक्षाको अभिन्न अंग बनिसकेको उल्लेख गर्दै विद्यालयलाई गुणस्तरीय निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकम परिवारप्रति हार्दिक आभार व्यक्त गरे।

दुवै कार्यक्रममा नेपाल टेलिकम शिशुवा कार्यालय प्रमुख भीमराज भुषाल, प्राविधिक कर्मचारीहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकीका प्रशासकीय अधिकृत सुदीप आचार्य तथा दिनेशमणि लामिछानेले गरेका थिए।

नेपाल टेलिकमले शिक्षा क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्दै डिजिटल शिक्षालाई प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected