२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

सहकारीकर्मी पार्वती सुवेदी पौडेलको असामयिक निधन, अन्तिम विदाइमा मानवसागर

कास्की, साउन १० । मोदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँपुलका व्यवस्थापक पार्वती सुवेदी पौडेलको ४३ वर्षको उमेरमा निधन भएको छ। मुटुसम्बन्धी समस्याको उपचारका क्रममा काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शनिबार साँझ करिब ५ बजे उनको निधन भएको उनकी बहिनी मेलिना सुवेदीले जानकारी दिएकी छन्।

पार्वती सुवेदी पौडेल अन्नपूर्ण गाउँपालिका–५, नयाँपुलस्थित मोदी बचत तथा ऋण सहकारी संस्थामा लामो समयदेखि व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै सहकारी क्षेत्रको विकास, सदस्यहरूको सेवा तथा संस्थाको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी थिइन्।

अन्नपूर्ण गाउँपालिका–३ (साविक ढिकुरपोखरी गाविस–७, रयाले) निवासी धर्मदत्त सुवेदी र मीना सुवेदीकी ज्येष्ठ सन्तानका रूपमा जन्मिएकी पार्वतीले अन्नपूर्ण गाउँपालिका–५, झोवाङ निवासी राजेन्द्र पौडेलसँग वैवाहिक जीवन बिताएकी थिइन्। उनका श्रीमान् राजेन्द्र पौडेल तथा दुई छोरी अंकिता र अंशु पौडेल छन्।

उनको पार्थिव शरीरको आइतबार स्थानीय मोदी खोलामा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा, वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेल, वडा नं. ६ का अध्यक्ष एकदेव देवकोटा, विभिन्न जनप्रतिनिधि, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सहकारीकर्मी, आफन्त र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्तिम विदाइमा श्रद्धाञ्जली अर्पण गर्न पुगेकाहरूको भीडले मानवसागरको झल्को दिएको थियो।

अन्तिम संस्कारमा सहभागीहरूले पार्वतीलाई सरल, विनम्र, ममतामयी, निस्वार्थ र निष्कलङ्क व्यक्तित्वका रूपमा स्मरण गरे। सबैसँग आत्मीय व्यवहार गर्ने, अरूको दुःख–सुखमा साथ दिने, सहयोगी भावना राख्ने र आफ्नोपनले सबैको मन जित्ने उनको स्वभाव नै उनको सबैभन्दा ठूलो परिचय रहेको उनीहरूको भनाइ थियो।

पार्वती सुवेदी पौडेलको असामयिक निधनले परिवारमात्र होइन, सहकारी क्षेत्र, स्थानीय समुदाय र उनलाई चिन्ने सबैलाई गहिरो शोकमा डुबाएको छ। उनको समर्पण, सेवा भावना र सदाचारपूर्ण जीवन सधैं प्रेरणाको स्रोतका रूपमा स्मरणीय रहनेछ।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…