0Shares

पोखरा । नेपाल विद्यार्थी संघबाट २०४७ सालमा राजनीतिक यात्रा सुरु गरेका माधव आचार्यलाई नेपाली कांग्रेसले माछापुच्छ्रे क्षेत्रमा महत्त्वपूर्ण संगठनात्मक जिम्मेवारी दिएको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीअन्तर्गत उनलाई माछापुच्छ्रे क्षेत्रको अधिवेशन तयारी समितिको संयोजक मनोनयन गरिएको हो।

महाधिवेशन तयारी समितिको निर्णयअनुसार कास्कीका विभिन्न क्षेत्र तथा स्थानीय तहमा अधिवेशन तयारीका लागि संयोजक तोक्ने क्रममा आचार्यलाई उक्त जिम्मेवारी दिइएको हो। उनले अब माछापुच्छ्रे क्षेत्रमा अधिवेशन तयारी, कार्यकर्ता समन्वय तथा संगठनात्मक गतिविधिलाई सहजीकरण गर्नेछन्।

आचार्यले चार दशकअघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। २०४७ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका उनले नेपाल तरुण दलको क्षेत्रीय सचिव तथा नेपाली कांग्रेस साविक सार्दीखोला गाविसको उपसभापति लगायत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय आचार्यलाई महाधिवेशनको तयारीसँग जोडिएको जिम्मेवारी दिइएसँगै माछापुच्छ्रेमा कांग्रेसको स्थानीय संगठनात्मक गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।

कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअघि जिल्ला, क्षेत्र, पालिका तथा अन्य तहका अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ। तयारी समितिको निर्णयअनुसार मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ।

कास्कीमा महासमिति सदस्य ऋषिराम काफ्लेलाई जिल्ला अधिवेशन तयारी समितिको संयोजकको जिम्मेवारी दिइएको छ। त्यसैगरी क्षेत्र तथा पालिकास्तरमा पनि अधिवेशन तयारीका लागि संयोजक तोक्दै संगठनात्मक प्रक्रिया अघि बढाइएको छ।

माछापुच्छ्रेमा संयोजकको जिम्मेवारी पाएसँगै आचार्यले स्थानीय तहमा अधिवेशनको तयारी, नेता–कार्यकर्ता समन्वय तथा संगठन परिचालनमा भूमिका निर्वाह गर्नेछन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected