२०८३ मंसिर ७, सोमबार Monday, November 23, 2026
खबर

पोखरा लेडी जेसिजको नेतृत्वमा नन्दकुमारी

पोखरा, ७ मंसिर । महिला नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक सेवामा सक्रिय पोखरा लेडी जेसिजको वर्ष २०२७ का लागि नयाँ नेतृत्व चयन भएको छ। संस्थाको ३३औँ शाखा अधिवेशन तथा ३८औँ वार्षिक साधारण सभाले जेसी नन्दकुमारी सुवेदी ढुंगानालाई अध्यक्षमा निर्वाचित गरेको हो।

नवनिर्वाचित अध्यक्ष ढुंगानाले संस्थाको मूल्यमान्यता र उद्देश्यअनुरूप महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। महिलाको नेतृत्व क्षमता प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासलाई प्राथमिकता दिने उनको भनाइ छ।

जेसिज नेतृत्व चयन गर्ने संस्था मात्र नभई व्यक्तिको क्षमता पहिचान, आत्मविश्वास विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने साझा मञ्च भएको उल्लेख गर्दै उनले यहाँबाट प्राप्त सीप र अनुभवलाई समाजको हितमा उपयोग गर्ने वातावरण बनाउने बताइन्।

उनका अनुसार महिला सशक्तीकरणका लागि सहभागितासँगै निर्णय क्षमता, नेतृत्वदक्षता र आत्मनिर्भर व्यक्तित्वको विकास आवश्यक छ। त्यसैले नयाँ कार्यसमितिले तालिम, अभिमुखीकरण, नेतृत्व विकास र सेवामूलक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने लक्ष्य लिएको छ।

अधिवेशनबाट कानुनी सल्लाहकारमा सृजना आले, कार्यकारी उपाध्यक्षमा शुभद्रा बराल, सचिवमा विनिता केसी, कोषाध्यक्षमा रचना अधिकारी र सहसचिवमा रेजिना कटुवाल चयन भएका छन्।

त्यसैगरी उपाध्यक्षमा अञ्जना सुवेदी, एलिशा गुरुङ, बविता केसी र अस्मिता पौडेल निर्वाचित भएका छन्। निर्देशकमा सन्दिपा लम्साल, एलिशा गुरुङ, सामान पराजुली र पूजा भण्डारी चयन भएका छन्। शाखा सम्पादकमा करुणा पाण्डे र प्रकरण निर्देशकमा सरिता भुजेल चयन भएका छन्।

पोखरा लेडी जेसिजले महिला सशक्तीकरण, नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वले संस्थाको अभियानलाई थप प्रभावकारी बनाउँदै महिलाको क्षमता विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको वर्ष २०२६ की अध्यक्ष सुनिता गौतम भण्डारीले बताइन्।

Read more

तिखेढुङ्गामा प्रशासनिक र स्वास्थ्य पूर्वाधार थपियो, १ करोड २० लाखका दुई भवन उद्घाटन

पोखरा । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गामा वडा कार्यालयको नवनिर्मित भवन र हिले स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । दुवै भवनको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन…

विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शोभामोहन पौडेल निर्विरोध निर्वाचित

पोखरा । पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शिक्षासेवी शोभामोहन पौडेल निर्विरोध निर्वाचित भएका छन् । क्याम्पस सञ्चालक समितिको शनिबार सम्पन्न पाँचौं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ…

‘मृत्युको मुखबाट फर्कियौँ, जेनजीले नै बचाए’ : शेरबहादुर देउवा

‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठो ल्याएर…

लायन्स क्लबको पाँच दशक : सम्मान, सेवा र सामाजिक उत्तरदायित्वको स्वर्णिम यात्रा

सभामुख अर्यालको जोड : निजी क्षेत्र बलियो र सुशासन कायम नभएसम्म समृद्धि सम्भव छैन पोखरा । पाँच दशकअघि सामाजिक सेवाको उद्देश्यसहित पोखरामा सुरु भएको लायन्स अभियानले शिक्षा, स्वास्थ्य,…

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको तयारी पूरा, सभामुख अर्याल पोखरा

पोखरा । लायन्स क्लब अफ पोखराको ५०औँ स्थापना दिवस अर्थात् स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा…

जब विश्वास बिक्रीको साधन बन्छ

मनीष भुर्त्याल | पोखरा विश्वविद्यालय हामीमध्ये धेरैले आफूले विश्वास गर्ने व्यक्तिले कुनै सामान राम्रो छ भनेर सिफारिस गरेकै आधारमा खरिद गर्ने निर्णय गर्छौं। विशेषगरी सामाजिक सञ्जालमा लामो समयदेखि…