२०८३ मंसिर ११, शुक्रबार Friday, November 27, 2026
खबर

जन्मजात जटिल स्वास्थ्य समस्या देखिएको नवजात शिशुको हेलिकप्टरबाट उद्धार

बडिगाडको ६ घण्टे शिशुलाई उपचारका लागि पोखरा ल्याइयो, प्रदेश सरकारको पहलमा आकस्मिक उद्धार

पोखरा । बागलुङको दुर्गम क्षेत्र बडिगाड गाउँपालिकामा जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन रक्षाका लागि गण्डकी प्रदेश सरकारले आकस्मिक हवाई उद्धार गरेको छ ।

बडिगाड गाउँपालिका–१, दगातुङडाँडाकी ३६ वर्षीया तारा थापाले सामान्य प्रसूतिबाट जन्माएको करिब ६ घण्टाको शिशुमा मेरुदण्डको झिल्ली बाहिर निस्किएको र फुटेको गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो ।

३८ हप्ता २ दिनको गर्भावधिमा जन्मिएको ३ हजार २ सय ग्राम तौलको शिशुमा Spina bifida with ruptured meningocele समस्या देखिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुने र तत्काल विशेषज्ञ सेवा उपलब्ध नगराए शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था भएपछि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तत्काल उद्धारको व्यवस्था मिलाएको हो ।

उद्धारपछि आमा र नवजात शिशुलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ । त्यहाँ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आवश्यक उपचार प्रक्रिया अघि बढाएको मन्त्रालयका कार्यक्रम अधिकृत तथा फोकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिए ।

नवजात शिशुको स्वास्थ्य अवस्था जटिल रहेको जानकारी प्राप्त भएपछि उद्धारदेखि अस्पतालसम्म उपचार व्यवस्थापनका लागि विभिन्न स्वास्थ्य संस्था र सरकारी निकायबीच समन्वय गरिएको थियो ।

उद्धार कार्यमा बुर्तिबाङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विज्ञान लामिछाने, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा तथा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय र सहजीकरण गरेका थिए । धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले प्राविधिक सुझाव दिएका थिए ।

दुर्गम क्षेत्रमा जन्मिएका नवजात शिशुमा देखिएको जटिल स्वास्थ्य समस्याको तत्काल पहिचान, समन्वय र हवाई उद्धारमार्फत विशेषज्ञ उपचारको पहुँच पुर्‍याइनुले आकस्मिक स्वास्थ्य सेवामा प्रदेश सरकारको सक्रियता देखाएको छ । समयमै उद्धार र उपचारको व्यवस्था हुनुले जोखिमपूर्ण अवस्थामा रहेका आमा तथा नवजात शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारी संयन्त्रबीचको समन्वयसमेत महत्वपूर्ण बनेको छ ।

Read more

प्रेस यूनियनकर्मी (पत्रकार)हरि पन्तलाई पत्नीशोक

पोखरा । नेपाल प्रेस युनियन कास्कीका सदस्य तथा पत्रकार हरि पन्तलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा बिहीबार असामयिक निधन भएको हो ।…

सराप, आशीर्वाद र इतिहासका ओझेलमा परेका सत्यहरू

मिथकको पर्दाभित्र लुकेको नेपाली इतिहास ✍️ दीपशिखा शर्मा इतिहासका नाममा पुस्तौँदेखि सुनिँदै आएका कथन कति सत्य हुन्? भीमसेन थापाकी पत्नीले देशलाई सराप दिएको प्रसंगदेखि जंगबहादुरले घोडासहित धरहराबाट हाम…

पोखरामा पूर्वयुवराज पारसको क्रेज:विवाहमा पुगेपछि फोटो खिचाउन तँछाडमछाड

पोखरा । पूर्वयुवराज पारस शाह पोखरामा देखिएपछि विवाह समारोहमा सहभागी जन्ती तथा पाहुनाको ध्यान उनीतर्फ केन्द्रित भएको छ । पोखराको अमरसिंह चोकस्थित सफल पार्टी प्यालेसमा आयोजित एक विवाह…

सेवा निवृत्त सरकारी कर्मचारीलाई कानून व्यवसायमा तत्काल रोक, दुई वर्षे ‘कुलिङ पिरियड’ अनिवार्य

पोखरा । कानून व्यवसायीको प्रमाणपत्र प्राप्त गरेका निवृत्त सरकारी कर्मचारीले सेवा निवृत्त हुनेबित्तिकै कानून व्यवसाय गर्न नपाउने भएका छन् । नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका…

शैक्षिक सामग्रीसँगै न्यानो कपडा, विद्यार्थीको मुहारमा खुसी

पोखरा, मङ्सिर ८ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्नुका साथै चिसो मौसममा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले रोटरी क्लब अफ पोखरा भ्यालीले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण…

कांग्रेस कास्की–३ मा प्रकाश बरालले सम्हाले नेतृत्व, कार्यकर्ताको घरदैलोमा पुग्ने घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का नवनिर्वाचित क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिको पदस्थापन एवं शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।…