२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
खबरखेलकुद

एपिएफ ढोरपाटन भलिबल च्याम्पियनः सिजनको आठौं उपाधि कब्जा

0Shares

विभागीय नेपाल एपीएफ क्लबले यो सिजनको आठौं उपाधिको रुपमा १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

एक खेल अगावै च्याम्पियन बनेको एपीएफले आइतबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । एपीएफको यो सिजनको आठौं उपाधि हो । आदी अवादी लिगको फाइनलमा चुकेको एपीएफले यो सिजन शेरबहादुर खड्का स्मृति भलिबल, सभामुख कप, एनभीए क्लब लिग, तिज कप, एनभीए महिला भलिबल, न्यु डायमन्ड कप र सभामुख कपको उपाधि हात पारेको थियो ।

यस्तै एपीएफ ढोरपाटन भलिबल लिगको सर्वा्धिक उपाधि जित्ने टोली बनेको छ । गतवर्ष उपाधि जित्दै पोखराको ज्ञानुबाबा स्कुलले राखेको कीर्तिमानलाई बराबरी गरेको एपीएफ ढोरपाटनमा छैटौ पटक च्याम्पियन बन्न सफल भएको हो । ढोरपाटन भलिबलमा अहिलेसम्म एपीएफ ६ पटक, ज्ञानुबाबा ५ पटक, नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान १–१ पटक उपाधि जितेका थिए । पहिलो संस्करण पुरुषतर्फ भएको थियो । जसमा आर्मी च्याम्पियन बनेको थियो ।

नयाँ बसपार्क्िस्थत ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले पहिलो सेट २५–१८ ले जितेको थियो । दोस्रो सेट २५–२० ले सहजै जितेको एपीएफले तेस्रो सेट १९–२५ ले गुमायो । तर, चौथो सेट २५–१५ ले सहजै जित्न सफल भयो । लिगमा अपराजित एक्लो टोली बनेको एपीएफले १४ खेलबाट ४२ अंक जोड्यो । दोस्रो स्थान हात पारेको पुलिसले १४ खेलबाटै ३४ अंक जोड्यो ।

आइतबारै भएको अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरालाई ३–१ को सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट आर्मीले २६–२४ ले आफ्नो पारेको थियो । दोस्रो सेट पश्चिमाञ्चलले २५–२० ले जितेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेट आर्मीले २५–१२ र २५–१४ ले सहजै जित्यो । आर्मीले १४ खेलबाट ३२ अंक जोड्यो । पश्चिमाञ्चलले २२ अंक जोड्यो । सेव पाचौ, चितवन छैटौ र दाङले सातौ स्थान हात पा¥यो ।
च्याम्पियन बनेसँगै एपीएफले रनिङ शिल्डसहित ३ लाख ५० हजार रूपैया हात पा¥यो । दोस्रो भएको नेपाल पुलिस क्लबले २ लाख रूपैया प्राप्त ग¥यो । तेस्रो भएको आर्मीले १ लाख रूपैया तथा चौथो भएको पश्चिमाञ्चलले ६० हजार रूपैया हात पा¥यो । पाँचौ भएको सेवले ४० हजार, छैठौं भएको चितवनले ३० हजार तथा सातौ भएको दाङले २० हजार रूपैया प्राप्त ग¥यो ।

विजयी टिम तथा खेलाडीलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, सुजुकीका मार्के्िटङ म्यानेजर नवराज कोइराला, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चनद र ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याल लगायतले पुरस्कृत गरे ।
गत माघ ५ गतेबाट भएको डबल लिगमा ९ टोली सहभागिता जनाएको थियो । दोस्रो राउन्डमा सात टोली प्रवेश गरेका थिए ।

सुजुकी स्कुटर जित्नेहरु
सर्वाेत्कृष्ट खेलाडीः सरस्वती चौधरी (एपीएफ)
उदियमान खेलाडीः शान्ति थारु (आर्मी)
वर्ष खेलाडीः अरुणा शाही (पश्चिमाञ्चल)
प्लेय अफ दि सिरिजः कोपिला राना (पुलिस)
भाग्यशाली दर्शकः भीम प्रसाद देवकोटा (गोरखा)

व्यक्तिगत विधातर्फका उत्कृष्टहरु
स्पाइकरः उषा भन्डारी (पुलिस)
सेटरः कमला पुन (पुलिस)
ब्लकरः सोफिया पुन (आर्मी)
क्विकरः सुनिता खड्का (आर्मी)
डिफेन्डरः शान्ति तामाङ (पुलिस)
सर्भरः नेविका चौधरी (एपीएफ)
प्रशिक्षकः ज्ञानेन्द्र विष्ट (एपीएफ)

0Shares

Read more

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…

पोखरा महानगर कांग्रेसको सामाजिक उत्तरदायित्व : मृगौला पीडितलाई ३६ हजार ६०५ सहयोग

पोखरा, कार्तिक १४ । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले चाडपर्वको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मृगौला पीडितलाई उपचारका लागि ३६ हजार ६०५ रुपैयाँ आर्थिक सहयोग…

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

कर्माचार्य दम्पतीद्वारा वार्षिक एक लाख ५१ हजार राशिको सामाजिक सेवा पुरस्कार स्थापना

शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष सम्मान गरिने पोखरा । उद्योगी एवं सामाजिक व्यक्तित्व गोविन्द कर्माचार्य र उनकी धर्मपत्नी बिमला कर्माचार्यले शिक्षा, स्वास्थ्य…