२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
खेलकुद

युएईविरुद्ध नेपालको ऐतिहासिक जित

0Shares

युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्रा्ष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९० रन जोड्न नसफल भयो । सुरुमा वर्षाका कारण खेल १० ओभरमा छोट्याइएको थियो । यससंगै नेपालले ३ खेलको श्रृंखला २-१ ले जित्दै श्रृंखला आफ्नो नाममा पारेको छ ।

श्रृंखलामा जितका लागि १ सय ५ रनको लक्ष्य रक्षा गर्न उत्रेको नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले २० रन खर्चिन पुगेका थिए । दोस्रो ओभरमा सोमपालले ९ रन दिंदै १ विकेट लिए भने तेस्रो ओभरमा करण केसीले १० रन दिए ।

सोमपालले फ्याकेको चौथो ओभरमा १२ रन बनाउंदै युएईले नेपालमाथि दबाब कायम गरेको थियो । तर पाचौं ओभरमा अभिनाश बोहोराले ७ रन दिंदै ओपनर घुलम साबेरको विकेट लिएपछी नेपाल खेलमा फर्किन खोजेको थियो ।

छैठौं ओभरमा बलिङमा फर्किदै सन्दीपले मोहम्मद उस्मानको विकेट लिंदै केवल ३ रन खर्चेपछि युएई ६१(३ को स्थितिमा पुगेको थियो । ललित राजवंशीले बलिङ गरेको सातौं ओभरमा युएईले १२ रन जोड्दा जितका लागि युएईलाई बाकिं ३ ओभरमा ३३ रन चाहिएको थियो ।

आठौं ओभरको पहिलो बलमै आक्रामक ब्याटिङ गरेका शाइमन अन्वरलाई करण केसीले आउट गर्न सफल भए । अन्वरले २० बलमा ३० रन जोडेका थिए । करणले फेरी तेस्रो बलमा कप्तान महम्मद नाभेदलाई शुन्यमै आउट गर्दा युएई संकटमा परेको हो । त्यस ओभरमा करणले केवल ४ रन खर्चिंदै युएईलाई दबाबमा राख्न सफल भए ।

नवौं ओभर बलिङ गरेका अभिनाशले सो ओभरमा ९ रन दिंदै १ विकेट लिन सफल भए । युएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । अन्तिम ओभर बलिङ गर्न आएका ललितले पहिलो दुई बलमा विकेट लिए र ५ रन मात्र खर्चिंदै नेपालको जित सुनिश्चित पारे ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा आएका थिए । तर पहिलो ओभरको तेस्रो बलमा कुनै रन नजोडी पवन पभेलियन फर्के भने सो ओभरमा नेपालले कुनै रन जोड्न सकेन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल ९ बलमा ११ रन जोड्दै तेस्रो ओभरमा बोल्ड आउट हुन पुगे । लगत्तै चौथो ओभरमा दोस्रो टी-२० खेलका नायक दीपेन्द्र सिंह ऐरी २ रन जोड्दै आउट भएसँगै नेपाल २३-३ को कठिन स्थितिमा पुगेको थियो ।

त्यसपछि पारसलाई साथ दिन आएका सन्दिप जोरा र पारसको १३ बलमा ३३ रनको आक्रामक साझेदारीद्वारा नेपालको पारीले गति लिएको थियो । कप्तान पारस १४ बलमा २९ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । सोही ओभरमा पारसले १ छक्का र १ चौका समेत प्रहार गरेका थिए । नवौं ओभरमा सन्दीप जोरा २८ रनमा आउट भएका थिए । ११ बलको सामना गरेका उनको पारीमा ३ छक्का सामेल थियो ।

१० रन जोडेका करण अन्तिम ओभरमा बाउन्डरीमा उत्कृष्ट क्याचमार्फत आउट भए भने विनोद भण्डारी र सोमपाल पनि अन्तिम दुई बलमा आउट हुन पुगेका थिए र कुनै रन नजोडी सन्दीप लामिछाने अवजित रहेका थिए । प्रदीप ऐरीको स्थानमा सुरुवाती ११ मा अटाएका विनोदले १३ बलमा २१ रन जोडदै २ चौका र १ छक्का समेत प्रहार गरेका थिए ।

ओडिआईमा २-१ को जितपश्चात टि-२० को पहिलो खेल २१ रनले गुमाएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो । ओडिआईमा पनि नेपालले पहिलो खेल हार्दै पुनरागमन गरेको थियो ।

0Shares

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…