२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
खेलकुदमुख्य खबर

आर्मी वीर गणेशमान बक्सिङमा महिलातर्फ च्याम्पियन

0Shares

वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ दबदबा कायम गर्दै उपाधि जितेको हो । आर्मीलाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष माननीय प्रकाशमान सिंह, राखेपका सदस्य सचिव केशवकुमार विष्ट, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले ट्रफी वितरण गरे ।

शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् । ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराइन् । ५१–५४ केजीमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन् ।

एपीएफका लागि संगीता सुनारले र माला राईले स्वर्ण हात पारे । संगीताले ५७–६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन् । मालाले ४८–५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन् । ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले आफ्नो विभागका लागि एकमात्र स्वर्ण जित्ने क्रममा प्रदेश ५ की सुशिला थापालाई हराइन् ।

यसैगरी पुरुषको सेमिफाइनल चरणका खेल पनि शुक्रबार सम्पन्न भए । ४० केजीमा एपीएफक प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट तथा आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई हराए । आर्मीकै प्रेम चौधरीले ५२ केजी तौल समूहमा प्रदेश १ का सुलभ राज तुलाधरलाई हराए । एपीएफक विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनलमा स्थान बनाए ।

एपीएफका पुरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको उपाधि भिडन्तमा पुगे । प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पुरनसँग फाइनलमा खेल्नेछन् । ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनल पुगे । पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बूलाई हराउँदै एकबहादुरसँग उपाधि भिडन्त पक्का गरे ।
पुलिसका भुपेन्द्र थापा र एपीएफक सोनाम सार्कीले ६४ केजी तौल समूहको उपाधिका लागि खेल्नेछन् । भुपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई पाखा लगाए । ६० केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे । एपीएफका विकास लामाले प्रदेश ३ का मनिष डंगोललाई हराउँदै उपाधि भिडन्त पक्का गरे ।

७५ केजी तौल समूहमा एपीएफका सुमन कार्की र आर्मीका दिपक श्रेष्ठ फाइनल पुगेका छन् । सुमनले प्रदेश २ क दिवस गुरुङलाई हराउँदा दिपकले प्रदेश ३ का दिवेश भूमिलाललाई नकआउट गरेका थिए । आर्मीका रवी सुनारले प्रदेश ७ का हिक्मत बहादुर शाहीलाई हराउँदै ८१ केजीको फाइनलमा स्थान बनाए । उनलाई प्रदेश ५ का केशर खत्रीले चुनौती दिनेछन् । केशरले प्रदेश ४ का सुसन पुनलाई नकआउट गरेका थिए ।

0Shares

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…