0Shares

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा उहाँले प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्ने कार्य नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताउनु भयो । सरकारले प्रेस माथि पनि बिभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै काँग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताउनुभयो ।

प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागि रहनु भएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected