0Shares

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चैतमा मलेसिया र कुवेतको राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले चैत ७ गते कुवेत र चैत १२ गते मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि चैत ११ गते मलेसियासँग खेल्ने तालिका थियो । दुवै खेल नेपालले कुवेत र मलेसियाकै घरेलु मैदानमा खेल्नेछ । नेपालले कुवेतसँग पाँचौ र मलेसियासँग सातौ पटक खेल्न लागेको हो । मुख्य प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा नेपालको कुवेतसँगको खेल पहिलो हुनेछ । जसका लागि कालिनले केहि दिनमै नेपाली टोलीको घोषणा गर्ने बताइएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected