0Shares

झापा । विभागीय क्लब त्रिभुवन आर्मी झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार झापाको डोमालाल राजवंशी रंगशालामा दोस्रो सेमीफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोलअन्तरले पराजीत गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्ने छन् ।

शनिबार भएको खेलमा आर्मीलाई उपहार गोलले फाइनलमा पु¥याएको हो । २३औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाति गोल गरेका थिए । उक्त गोलनै आर्मीलाई फाइनलमा पु¥याउन मद्दत पुग्यो । आर्मीका भरत खवासले प्रहार गरेको बल सिलु मार्टिन्सले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो । १–० गोलले पछि परेको दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाएका थिए । झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । आर्मी र झापा ११ गत संस्करणमा पनि भिडेका थिए । जसमा घरेलु टोलीलाई निराश बनाउँदै आर्मीले उपाधि जितेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected