0Shares

विराटनगर । साफ च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो ।

भुटानविरुद्ध बल अगाडी बढाउँदै सावित्रा भण्डारी

विराटनगरको सहिद रंगशालामा सुरुवातबाटै आक्रमक दखिएको नेपालले १३औ मिनेटमा अग्रता बनाएको थियो । १३औ मिनेटमा मन्जिली कुमारी योञ्जनले नेपालका लागि पहिलो गोल गरिन् । दायाँ भागबाट पहिलो बार च्यापेर मन्जिली गोल गर्न सफल भईन् थिईन् । नेपालले लगत्तै दोस्रो गोल गर्न सफल रह्यो । १६औ मिनेटमा सावित्रा भण्डारीले भुटानको कमजोर डिफेन्सको फाईदा उठाउँदै गोल गरेकी थिईन् ।

तेस्रो गोल ५४ औ मिनेटमा सम्भव भयो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले टच लाईनमा झारेको बललाई कप्तान निरु थापाले पोस्टको दिशा दिईन् । ४१औ मिनेटमा सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । ४४औ मिनेटमा मञ्जिलीले डिबक्सभित्रबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । समुह एमा रहेको नेपालले तीन अंक जोड्न सफल भएको छ । भुटानविरुद्वको सहज जितले नेपाल सेमीफाईनलको नजिक पुगेको छ । समुह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected