0Shares

सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले राउतसँग भएको सरकारको सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्ने र दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र अस्पष्टता चाँडै अन्त्य हुनुपर्ने बताउनुभयो ।

राजविराजमा पत्रकारसँग संविधानमा तीनै तहको आ–आफ्नो अधिकार लेखिए पनि कानून बनाउने क्रममा सरकारले प्रदेश र स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected