0Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित साक्षत्कार कार्यक्रममा नेता पौडेलले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निषेध गरेर नभई वार्तामार्फत् शान्तिपूर्ण ढंगले समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

नेता पौडेलले ‘धकेल्ने, निषेध गर्ने वा जब्बरजस्ती गरेर कुनै पनि पक्षलाई युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउन नहुने धारणा राख्नुभयो । चन्द नेतृत्वको पार्टीलाई जब्बरजस्ती गर्न खोजे मुलुकको विकास निर्माणको काममा गम्भिर असर पर्नेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

कार्यक्रममा पौडेलले सकेसम्म अहिले भएकै मन्त्रीहरुबाट काम प्रभावकारी बनाउने प्रयास गरिने नभए मन्त्रिमण्डल पूर्नगठन गरेर भएपनि सरकारको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सरकार र राउतबीचको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने यी दुवै प्रकरणमा सरकारले यति धेरै महत्व दिनुपर्ने स्थिति आफूले नदेखेको पनि पौडेलले बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected