0Shares
काठमाडाैं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिके राउतसँग ११ बुँदे सम्झौता गरेको सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताउनु भएको छ । बुधबार संसद भवनमा डा. भट्टराईले चन्द नेतृत्वको नेकपा उग्रबामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले मौका दिनुपर्नेमा स्पष्ट पार्नुभयो ।
त्यस्तै उहाँले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाउनु भएको छ ।

0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।