0Shares

घरेलु टोली भारतलाई हराउँदै अष्ट्रेलियाले पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बुधबार भएको पाँचौ तथा अन्तिम खेलमा भारतलाई ३५ रनले हराउँदै पाहुना टोली अष्ट्रेलियाले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

दिल्लीको कोट्ला क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याएको भारत निर्धारित ५० ओभरमा २३७ रनमै अलआउट भयो । भारतका लागि रोहित शर्माले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । ८९ बलमा ४ चौकाको मद्दतमा ५६ रन बनाएसँगै रोहितले आफ्नो एकदिवसीय करियरको ८ हजार रन पनि पुरा गरे । त्यस्तै, भुवनेश्वर कुमारले ४६, केदार जाधबले ४४ र कप्तान विराट कोहली २० रन बनाए । भारतलाई कम रनमै रोक्ने क्रममा अष्ट्रेलियाका आडम जाम्पाले ३ विकेट लिए । त्यस्तै, पाट कुमिन्स, जे रिचार्डसन र मार्कस स्टोइनेसले समान २–२ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले शतकीय पारी खेले । ख्वाजाले १० चौका र २ छक्काको मद्दतमा १०० रन बनाए । त्यस्तै पिटर ह्याण्ड्कम्बले ५२ रनको अर्धशतकीय पारी खेल्दा जे रिचार्डसनले २९ र कप्तान एरोन फिन्चले २७ रन बनाए । भारतका भुवनेश्वर कुमार ३ विकेट तथा मोहमद शामी र रबिन्द्र जडेजाले २–२ विकेट लिए ।

सुरुवाती २ खेलमा हारेको अष्ट्रेलियाले यो जितसँगै उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला ३ खेलमा लगातार जित हात पार्न सफल भएको छ । यसअघि अष्ट्रेलियाले भारतविरुद्ध २ खेलको टी–ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected