0Shares

विराटनगर । साफ महिला च्याम्पियनसिपको समुह बी बाट डिफेन्डिङ च्याम्पियन भारत र श्रीलंका सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा शुक्रबार श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै समुह बी बाट भारत र श्रीलंकाले सेमिफाईनलमा स्थान बनाएको हो ।


श्रीलंकाको जितमा चलानी कुमारी इकानायकेले दुवै गोल गरिन् । प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा चालानी कुमारीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाइन् । श्रीलंकाको फ्रिकिक माल्दिभ्सकी गोलकिपरले नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड भएको बलमा चलानी कुमारीले गोल गरेकी थिईन् । १ गोलको अग्रता लिएको श्रीलंकाले ५० औं मिनेटमा दोस्रो गोल गर्यो । अंचला सञ्जिवनी पेरेराले दिएको क्रसलाई डिबक्स भित्रबाट चलानीले सुन्दर गोल गरेकी थिइन् ।

यसअघि, १० औं मिनेटमा श्रीलंकाकी कप्तान इरान्दी के लियाङ्गीले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले उत्कृष्ट बचाउन गरेकी थिईन् । यसअघि समुह चरणको पहिलो खेलमा भारतसँग ६–० गोलले हारेको माल्दिभ्स दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरीएको छ । यस समुहको अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा शनिबार समुह ए को अन्तिम खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र बंगलादेश दुवैले आफ्नो पहिलो खेलमा भुटानलाई नै हराएको थियो । आयोजक नेपालले उद्घाटन खेलमा भुटानलाई ३–० तथा समुहको दोस्रो खेलमा बंगलादेशले २–० गोलले हराएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected