0Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २४ वर्षदेखि लागू भईरहेको सिन्डिकेटको व्यवस्था तोड्न आफू पूर्ण रुपमा सफल भएको दाबी गर्नुभएको छ ।

मंगलबार पदभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा पहिलो वर्षको कार्यकाल समीक्षा सार्वजनिक गर्दै मन्त्री महासेठले सिन्डिकेट हटिसकेपनि धेरै मानिसहरूले सिन्डिकेटलाई आ–आफ्नै तरिकाले व्याख्या गरेको बताउनुभयो । कुनै पनि ठाउँमा रुट परमिट लिन समितिले सिफारिस गर्नुपर्ने अवस्था अहिले नरहेको र एनजिओ जसरी चलेका सवारीसाधन सञ्चालन गर्ने कम्पनी अहिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको जानकारी गराउनुभयो । सार्वजनिक सवारी साधनमा हुने भिडभाड कम नभएको अवस्थालाई पनि सिण्डिकेटसँग जोडेको भन्दै उहाले यसप्रतिको बुझाइमा फरकपना रहेको धारणा राख्नुभएको थियो ।

त्यस्तै मन्त्री महासेठले एक वर्षको अवधिमा ९४ पुल निर्माण भएको, ७ सय ४७ किलोमिटर सडक कालोपत्रे गरिएको, राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य द्रुत गतिमा भइरहेको बताउनुभयो ।

त्यसैगरी उहाँले मेची महाकाली विधुतीय रेलमार्गको अध्ययन प्रतिवेदन सम्पन्न भएको, काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो । केरुङ काठमाडौ रेगमार्ग पूर्व सम्भाव्यता अध्ययन कार्य सम्पन्न भइ प्रक्रिया अघि बढाइएको समेत जानकारी गराउनु भयो ।

मन्त्रालयले आगामी वर्ष जयनगरदेखि बर्दिवास हुँदै निजगढसम्मको १३९ किमि रेल निर्माणको काम सुरु गर्ने र निर्माण सम्पन्न भएका ५२ किमि खण्डमा रेल यातायता सञ्चालन गर्ने जनाएको छ । त्यस्तै आगामी वर्ष नै बर्दिवास काकडभित्ता रेलमार्गको निर्माणसुरु गर्ने र गड्डा चौकीदेखि कोहलपुरसम्मको पनि रेलमर्गको निर्माण कार्य सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected