0Shares

कुवेतविरुद्ध आज हुने दोस्रो मैत्रीपुर्ण फुटबलका लागि नेपाली टोलीमा केहि परिमाजर्न गरिएको छ । कुवेत सिटीस्थित अल सबाब रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक योहान कालिनले भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामालाई सुरुवाती एघारमा राखेका हुन् । विमल यसअघि भएको पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए भने आशिषले सिनियर टोलीमा आज डेब्यु गर्नेछन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको अघिल्लो खेलको नतिजालाई निरन्तरता दिने बताएका छन् । पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । कप्तान विराज महर्जनले कुवेतलाई आफुहरु कमजोर टोली नरहेको सन्देश दिन चाहेको बताए ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो । फिफा वरियतामा नेपाल १६१ र कुवेत १५८ औं स्थानमा रहेको छ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected