0Shares

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लगिअन्तर्गत जारी खेलमा दिल्ली प्लेअफमा उक्लिएको छ। दिल्लीले रोयल च्यालेन्सर बैंग्लोरलाई १७ रनले हराउँदै प्लेअफमा उक्लिएको हो। सन् २०१२ पछि दिल्ली पहिलोपटक प्लेअफमा पुग्न सफल भएको हो। टस जितेर पहिला ब्याटिङ रोजेको दिल्ली २० ओभरमा पाँच विकेट गुमाउँदै बैंग्लोरसामू १८८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोर २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमा समेटियो। दिल्लीका लागि श्रेयस अय्यरले सर्वाधिक ५२ रन जोड्दा शिखर धवनले अर्ध सतक पूरा गरे। शेफर्न रदरफर्डले २८ रन बनाए भने पृथ्वी पटेलले १८ रनको योगदान दिए। अक्षर पटेलले १६ रनको योगदान दिँदा कालिन इनग्रमले ११ रनको जोडे। अरू खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

त्यस्तै, बैंग्लोरका लागि युजवेन्द्र चहलले २ विकेट र उमेश यादव, वाशिन्टन सुन्दर र नवदीप सैनीले १÷१ विकेट लिएका थिए। यसैगरी, बैंग्लोरका लागि पार्थिव पटेलले ३९ रन, मार्कस स्टायनिसले ३२, गुरकीरत सिंह मानले २७, विराट कोहलीले २३, शिवम दुबेले २४ रन एबी डी विलियर्सले १७ रन लिए भने अन्य खेलाडीले दोहोरो रन लिन सकेनन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected