0Shares

काठमाडाैं । आगामी मे ३ देखि ६ तारिखसम्म मलेसियामा हुने ओकिनावा गोजु–रियो खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।

ओकिनावा गोजु–रियो एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको बिदाई गरिएको हो । एसोसिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे, विनोदमान श्रेष्ठ र कुमार चौलागाईले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् । .

कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो गर्नुभयो । साउथ एशिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले कराँते खेलको जन्म जापानबाट नभई नेपालबाटै भएको दाबी गर्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected