0Shares

निर्वाचनको सुरक्षालाई मध्यनगर गर्दै भारतले सीमावर्ती क्षेत्रमा नाकाबन्द गर्ने भएको छ । भारतको विहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि शुक्रबार बेलुका ५ बजे देखि तीन दिनसम्म नेपालको बारा, पर्सा र रौटहत सीमा बन्द गर्ने भएको हो । बैशाख २७ गतेदेखि २९ गतेसम्म ३ दिन नेपाल भारतको सीमानाका बन्द हुने भएपछि भारतीय गाडिहरु नेपाल भित्रिनको चाप बढेको छ ।

निर्वाचन सुरक्षाको दृष्टिकोणले भारतीय पक्षको आग्रहमा सीमानाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । सीमा बन्द हुने भएपछि भारतीय गाडिहरु सीमाका प्रहरी चौकिमा राखिन थालिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected