२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026
अर्थ र वाणिज्यखबरदेशपर्यटनमुख्य खबरस्थानिय समाचार

हिमाली वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

काठमाडौँ, १६ फागुन — हिमालय क्षेत्रमा बढ्दै गएको फोहर, आरोहणमा पर्वतारोहीको बढ्दो चाप र अन्य कारणले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधानबारे बहसका लागि अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ । आगामी जेठ १९ देखि २३ सम्म काठमाडौँमा सम्मेलन आयोजना हुनेछ । ‘सस्टेनेबल समिटस् कन्फरेन्स’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमालय क्षेत्रमा देखिएका समस्या, जनजीविकोपार्जन, हिमाली क्षेत्रको फोहर व्यवस्थापन, वातावरण परिवर्तनका असर र प्रभावलगायतका विषयमा वैज्ञानिक, अध्येता, विज्ञका कार्यपत्र प्रस्तुत गरी बहस हुने आयोजकले बताएका छन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गरी आयोजक समितिका सदस्य लिसा चोग्यालले उक्त सम्मेलन हिमालय क्षेत्र ‘देवताहरूको बासस्थान’ हो भन्ने विश्वास र बुझाइलाई सम्मान तथा प्रवद्र्धन गर्दै यस भेकको वातावरणलाई विश्वका अन्य देशमा भएका राम्रा अभ्यासबाट पाठ सिकी हिमाली क्षेत्रको पर्यटन विकासमा सघाउने उद्देश्यले सम्मेलन गर्न लागिएको बताउनुभयो ।
सो कार्यक्रममा न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका पूर्वप्रमुख हेलेन क्लर्कले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ भने विश्वविख्यात पर्वतारोही सर क्रिस बोनिनटन, रेनहोल्ड मेसनर र टेलिभिजन एडभेञ्चर बेन फोगलको पनि सम्बोधन रहनेछ ।


चार वटा मुख्य शीर्षकमा विभाजन गरिने सो कार्यक्रममा २०० भन्दा धेरै सहभागी विदेशी मुलुकबाट हुनेछन् । कार्यक्रमबाट नेपाललाई हिमालय क्षेत्रको वातावरणबारे विश्वमा विकास भएका राम्रा अभ्यासबाट पाठ सिक्ने र सोअनुरूप नीतिमा परिवर्तन ल्याउन सहयोग पुग्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउँदै नेपालको ७० वर्षको पर्वतीय पर्यटनको अनुभव पनि विश्वलाई सुनाउने अवसर प्राप्त हुनेछ ।
यो समिट नेपालको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को संयुक्त आयोजनामा हुँदैछ । सहआयोजकमा इसिमोड, युएनडिपी, विश्व वन्यजन्तु कार्यक्रम, पेजल फाउन्डेसनलगायतका संस्था रहेका छन् ।

Read more

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…