२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्यकृषिदेशमुख्य खबरसहकारी

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कामु कार्यकारी दानराज पन्त

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्त

काठमाण्डौँ, १ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको  कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा सकिएपछि पन्थ कामु हुनुभएको हो । फस्र्ट माइक्रोफाइनान्सन लघुवित्त वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्व २३ करोड ऋण सापटी लिएर पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी ८० करोड छ ।

विएस्सी कृषिको अध्ययन पश्चात लघुवित्त क्षेत्रमा प्रवेश गरेका पन्त अर्थशास्त्रमा स्नतकोत्तर हुन । लमजुंगका पन्तसँग लघुवित्त क्षेत्रमा १७ वर्षको अनुभव छ । । विसं २०६८ मा छिमेक लघुवित्त विकास बैंकमा शाखा प्रबन्धकमा प्रवेश गरी पन्त अनुगमन प्रमुख तथा सहायक क्षेत्रीय प्रवन्धक लगायतका पदमा रही ६ वर्ष काम गरेर त्यहाँको व्यवस्थापन समितिको सदस्यको रुपमा नीति निर्देशिका लगायत रणनैतिक योजनामा सहभागी हुनुभएको थियो । मुक्तिनाथ विकास बैंकमा प्रबन्धक पदमा तीन वर्ष लघुवित्त विभाग प्रमुखको जिम्मेवारी सम्हालेर सो लघुवित्त बैकिङ्गको जग बसाली विकास बैंकलाई चर्चाको शिखरमा पुर्याउन उहाँको ठुलो योगदान रहेको छ ।

फस्र्ट माइक्रोफाइनान्सको कम्पनीको असार ३१ गतेको सञ्चालक समिति बैठकले पन्तलाई कम्पनी सचिवको समेत जिम्वेवारी यथावत रहने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त ग गरेको हो । फस्र्ट माइक्रोफाइनान्स “घ” वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भई २०६६ साल पौष २४ गतेदेखि कारोवार थालेको हो । यसले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था तथा ग्रामीण क्षेत्रमा कार्यरत समुदायमा आधारित भएर वचत तथा ऋणको कार्य गरिरहेका बचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्था १२० छन् । चितवनको भरतपुर र मोरगको उर्लाबारीमा दुई शाखा रहेको यसमा २१ कर्मचारी कार्यरत छन् । फस्र्ट माइक्रोफाइनान्सले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी विपन्न तथा न्यून आय भएका लक्षित वर्गको जीविकोपार्जनमा टेवा प्रदान गर्ने तथा जीवनस्तर उकास्न सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ कारोवार गर्दै आएको छ ।

पन्तले आफ्नो व्यक्त गर्नुभएको छ । भारत, श्रीलंका, थाईल्याण्डका माइक्रोफाइनान्स लघुवित्त संस्थाको अध्ययन भ्रमण गर्नु भएका पन्तले सिग्यापको फाइनिन्सीयल परफरमेन्स म्यानेजमेन्ट तालिम कोर्स, कोडि इन्सीच्यूट अफ जेभिएर फ्रान्सीज युनिभरसीटिको कम्युनिटि वेस्ड माईक्रोफाइनान्स फर फाइन्यिनसीयल इन्क्लुजन कोर्स र द माइक्रोफाइनान्स एसोसिएसन युकेको माइक्रोफाइनान्स सस्टेनेविलिटी म्यानेजमेन्ट अनलाईन तालिम लिनुभएको छ । लघुवित्तको अतिरिक्त युएनडीपी र अक्सफोर्ड युनिभरसीटिको डिजाइनिङ्ग मल्टीडायमेन्सनल पोभरर्टी इन्डेक्स अनलाइन कोर्स लिई त्यसको प्राविधिकको लिस्टमा रहनु भएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…