0Shares

अमरराज नहर्की
तनहुँ, भदौ २५ गते । तत्कालिन जिल्ला विकास समिति तनहुँ र हालको जिल्ला समन्वय समितिको नामको व्यास नगरपालिका–३ बीसघरे, देउराली नगर स्थित ३० रोपनी जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसौं वर्षदेखि अतिक्रमण गरिएको जग्गामा पक्की घर बनेका छन् ।
सदरमुकाम दमौली फेरोको जग्गाको मूल्यांकन उच्च मूल्यको हुने भएपनि अतिक्रणबाट बचाउन सकिएको छैन । अतिक्रमणबाट नबचेपनि ती घडेरी बेचेर आम्दान गर्नेतर्फ ध्यान जान सकेको छैन ।

 

साविक फराकचौर ९ ‘ट’ को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी ३ आना २ पैसा ३ दामको र कित्ता नम्बर ३५ को १४ रोपनी ६ आना १ दाम क्षेत्रफल गरी २९ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा अतिक्रमणमा परेको जिल्ला समन्वय समितिले जनाएको छ । ‘दुईदशकदेखि अतिक्रमणको चपेटामा परेर पक्की भवन समेत बनेकोले सो जग्गा खाली गर्न सकेका छैनौं’, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भन्नुभयो । नगरपालिकाले विजुली र पानीको सिफारिस गरेकोले सहज रुपमा बस्न पाएको वाग्लेले बताउनुभयो । बन्दिपुरबाट २०२५ सालमा सदरमुकाम दमौली झरेपछि बढी अतिक्रमण पर्न थालेको हो ।

भूमि, व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयलाई अतिक्रमण जग्गाबारे जानकारी गराईएको छ । सुकुम्बासी समस्या समाधान आयोगमार्पmत समस्या समाधानको पहल भईरहेको समितिका उपप्रमुख पवित्रा पौडेलले जानकारी दिनुभयो । हाल १८४ व्यक्तिले अनाधिकृत रुपमा भोग चलन गरेको समितिका सदस्य अर्जुनबहादुर अधिकारीले जानकारी दिनुभयोे ।
कित्ता नम्बर २८ को ८ आना जग्गा बह्माकुमारी राजयोग सस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६ मा पर्ने ४ रोपनी १४ आना ३ पैसा ३ दाम क्षेक्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनको लागि दिईएको समितिले जनाएको छ । अन्य ठाउँका जग्गा थोरै मात्रामा अतिक्रमणमा परेको र अधिकांश भाडामा लगाईएको समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected