२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरदेशपर्यटनसाहित्यस्थानिय समाचार

दशौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा २४ देशका २८ वटा फिल्म प्रदर्शन हुने

मंसिर ९ काठमाडौं । नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० देखि १३ गते सम्म आयोजना हुने भएको छ ।

‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ भन्ने नाराका साथ नेपाली लोक बाजा संग्रहालयले हरेक वर्ष मंसिर महिनामा अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव आयोजना गर्दै आएको छ । दशौं लोक संगीत चलचित्र महोत्सवमा विश्वका २४ वटा देशका २८ वटा फिल्म प्रदर्शन हुने नेपाली लोकवाजा संग्राहलयका संस्थापक रामप्रसाद कंडेलले जानकारी दिए ।

कंडेलका अनुसार हाम्रा अमूल्य अमूर्त सम्पदाहरु लोकगीत, लोकसंगीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोक जीवनका विविध पक्षहरुको अध्ययन अनुसन्धान र प्रचार–प्रसार गर्न लोक संगीत फिल्म महोत्सवको मुख्य उद्देश्य रहेको छ । साथै विश्वका विभिन्न राष्ट्रहरुले आ–आफ्ना मौलिक लोक संस्कतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के–कस्ता कार्यहरु गरिरहेका छन्, मौलिक संस्कृति संरक्षण गर्न के कस्ता कार्य गर्नु पर्ने रहेछ भन्ने अन्तराष्ट्रिय अनुभव आदान प्रदान गरी, हाम्रा अभौतिक साँगितीक सम्पदाहरुलाई कसरी व्यवहारिक रुपमा संरक्षण, सम्वर्धन तथा विश्वव्यापी प्रचार प्रसार गर्ने भन्ने विषय समेत यस महोत्सवको उद्देश्य रहेको संस्थापक कंडेलले बताए ।

यस वर्षको दशौं अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव कोभिड १९ को महामारीमा दिवंगत हुनु भएका सम्पूर्ण ज्ञात तथा अज्ञात संगीतकर्मीहरुको लोक संगीत प्रेम र जीवनभरको योगदानको सम्मान स्वरुप वहाँहरुको नाममा सर्मपण गरिएको छ । मंसिर १० गतेको दिन साँझ त्रिपुरेश्वर महादेव मन्दिर, त्रिपुरेश्वरमा १०८ वटा दियो प्रज्वलन गरेर दिवंगत आत्माहरुको सम्मान गरिनेछ ।
दैनिक ११ः०० वजे देखि ४ः०० बजेसम्म दुई सो प्रर्दशन गरिने यस महोत्सवमा विभिन्न देशका लोक संगीत संस्कृति, जीवनशैली, सम्बन्धी वृत्तचित्रहरुले भाग लिएकोमा आमन्त्रित, अप्रतियोगी, र प्रंतियोगी गरी २४ वटा देशका २८
वृतचित्रहरुको प्रदर्शन गरिनेछ ।

गतका वर्षहरुमा जस्तै यस पटक पनि विगत नांै दशक देखि अविच्छिन्न रुपमा परम्परागत नेवारी दाफा संगीत संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवर्धनमा लागिरहनु भएका १०२ वर्षिय वरिष्ठ संगीत शताव्दी पुरुष म्यें गुरु राम लाल महर्जनलाई लाइफ टाईम एचिभमेन्ट अवार्ड समर्पण गरिने नेपाली लोक बाजा संग्राहले जनाएको छ । संचार तथा प्रविधिको माध्यम बाट नेपालका बढी भन्दा बढी युवाहरुलाई लोक संगीत र संस्कृति प्रति आकर्षित गराउने उद्देश्यले यस चलचित्र महोत्सवको सुरुवात गरिएको संस्थापक कंडेलले बताए ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…