0Shares
काठमाडौँ, १८ मङ्सिर । काठमाडौँको प्रसिद्ध पर्यटकीय स्थल ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
कोरोना फैलिएपछि गत आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग उनीहरुले गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने भन्दै उक्त व्यवसाय शुरुआत गर्नुपर्ने माग गर्नुभएको हो ।



ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले बताउनुभयो ।


0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।