
काठमाडौं, २५ मंसिर । विवेकशील नेपाली दल र साझा पार्टीबिच बुधार एकता भई विवेकशील साझा पार्टी घोषणा गरिएको छ। पार्टी घोषणा कार्यक्रम अघि बुधबार विहान साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरूमात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो। सो पार्टीको घोषणापत्र र पार्टी संरचना यहाँ उल्लेख गरिएको छ ।

मिति ०७७ मङ्सिर २४ गते, बुधबार, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ। नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आ-आफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थियौँ। तर त्यो एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भयो। त्यो निकै दुःखद घटना थियो।

अनिल भेटवाल, अनुपमान सैँजु, अनुपा श्रेष्ठ, डा अनुशा थापा, अब्दुस मिया, अमलेश कर्ण, अनिमेश कुमार मिश्र, अमृत पुडासैनी, अमृता थपलिया, अर्जुन खनाल, आशिष रेग्मी जोशी, आशुतोष तिवारी, आशुतोष प्रधान, ईन्दिरा काफ्ले, ईन्दिरा शर्मा वाग्ले, डा उमेद पुन, कमलेश्वर प्रसाद पाठक, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, कीर्ति तुलाधर, कुसुम घिमिरे, कृष्णप्रसाद भट्टराई, केशब दाहाल, केशव मल्ल, गेहेन्द्र दाहाल, गोपाल हमाल, घनबहादुर शाह, घनश्याम विश्वकर्मा, चन्डिका तिमिल्सिना, चिरञ्जीवी बराल, जगन्नाथ काफ्ले, जमुना बन, जमुना शर्मा, जमुना सुबेदी, जीवन ढकाल, तारा काफ्ले, तृष्णा भण्डारी, दिपक प्रसाद उप्रेती, दिव्येश गिरी, दीपक पौडेल, दीपा अर्याल, दुज्जी चौधरी, दुर्गा ताजपुरिया, धनपति महतो, नवराज थापा, निरूपमा यादव, निर्देश सिलवाल, पवन मल्ल, पवित्रा थापा, पुकार बम, पुरुषोत्तम ढुङ्गेल, पुष्पा सापकोटा, प्रकाश आचार्य, प्रकाशचन्द्र परियार, प्रतिभा डङ्गोल, प्रदीप थापा, प्रमेश श्रेष्ठ, प्रेम केसी, बसन्ती रोकाया, भरतराज पन्त, भिमप्रसाद अधिकारी, भूपदेव शाह, भूपेन्द्र वस्नेत, मधुसुदन केसी, मधुसूदन पाठक, मनिस खनाल, महेन्द्रकुमार थापा, महेश पाठक, महेश भण्डारी, मुरलीमनोहर मिश्र, यम नारायण खनाल, रजनी केसी, रजिया बानु, रन्जु दर्शना, रमेश पौड्याल, रमेश महर्जन, रमेश विष्ट, डा राजेन्द्र पंगेनी, राज्यलक्ष्मी श्रेष्ठ, राधिका भट्ट, राम तपस्या साह, राम सोरागथ शर्मा, रामपुकार महरा, रेवतीरमण सुवेदी, रोशनी अधिकारी, रोहित क्षेत्री, लक्ष्मी घिमिरे, लक्ष्मी शाही, विकल शेरचन, विकु लामा, विना शाह, विमल तामाङ, विमला बुढा मगर, विराजभक्त श्रेष्ठ, वृतान्त खनाल, शरण कार्की, शरदराज पाठक, शारदा रिजाल, शिशिर बन्जारा, शोभा शाक्य, श्रीकृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, संजय बराल, सचेन घले, सञ्जीव भट्टराई, समाइरा श्रेष्ठ, समिक्षा बास्कोटा, समुन्द्र केसी, सरला लामिछाने, सरस्वती पन्थी भुषाल, सरोज गौतम, सस्मित पोखरेल, साहारा चपाई, सिर्जना खड्का, सुदन मानन्धर, सुमनकुमार मिश्रा, सुमित्रा गुरुङ, सुमित्रासिँह लामा, सुरज प्रधान, सुरेश भट्ट, सुवुना बस्नेत, सुशील देवकोटा, सुशीला केसी अधिकारी, हरिकृष्ण अधिकारी, हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद गौतम, हरीशप्रसाद भट्ट, हिरामणी पौडेल।











