0Shares

काठमाडौँ, २७ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २९ गतेदेखि प्रतिशेयर १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणले ५४ लाख कित्तामा आवेदन गर्न सक्ने जनाइएको छ । तीमध्ये तीन लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि हुनेछ । प्रभु इन्स्योरेन्सको शेयर खरिद गर्न चाहने खरिदर्ताले घटीमा १० तथा बढीमा ५ हजारसम्मको लिन सक्नेछन् । प्रभु लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

शेयर खरिदकर्ताहरुले मंसिर २९ देखि पुस २ गतेसम्म आवेदन दिन सक्ने छन् । सो समयमा शेयर बिक्री नभएको खण्डमा पुस १३ गतेससम्म ओवेदन गर्न सकिने भएको छ । चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको कम्पनीको शेयर बिक्री भएपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected