२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खेलकुददेशमुख्य खबर

माछापुच्छ«ेलाई पराजित गर्दै सांग्रिला क्लबस्तरीय क्रिकेट च्याम्पियन

पोखरा, २९ मंसिर । सुदिप पौडेल र अरुण अधिकारीको महत्वपूर्ण साझेदारी तथा कप्तान विपिन खत्रीले कसिलो बलिङ गरेपछि सोमबार माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला क्लबस्तरीय छनोट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विपिन खत्रीले पुरै १० ओभरमा दुई मेडन राख्दै ४ विकेट लिएपछि माछापुच्छ«े क्रिकेट क्लब १२१ रनमा समेटिएको थियो ।

माछापुच्छ«ेका भरपर्दा व्याट्सम्यान कप्तान दिपेश खत्री र अभिषेक थापा सस्तैमा पभेलियन फर्किएपछि जितबाट टाढिएको थियो । सांग्रिलाका कप्तान विपिनले खत्री र थापाको विकेट लिएपछि माछापुच्छ«े दबावमा परेको थियो । खत्रीले ३९ बल खेल्ने क्रममा २१ रन मात्रै जोडे । उदघाटन खेलमा पोखरा क्रिकेट क्लब विरुद्ध उनले शतकीय पारी खेलेका थिए । अभिषेक थापा पनि सस्तैमा आउट भएपछि धरासायी बनेको माछापुच्छ«ेलाई अमृत गुरुङ र तेजेन्द्र घर्तीमगरले सम्हल्ने प्रयास गरे । तर उनीहरुले पनि क्रमश १९ र २१ रनमै क्रिज छोडेर गएपछि माछापुच्छ«ेले जितको आश मारिसकेको थियो । सांग्रिलाका बलर विपिनले १०–२–२५–४ को प्रदर्शन रह्यो । विकास क्षत्रीले पनि ९ ओभरमा दुई मेडन राख्दै २८ रन दिएर ३ विकेट आफनो नाममा लेखाउँदा सुदिप पौडेलले पनि दुई विकेट लिए ।

पोखरा रगंशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको सांग्रिला क्रिकेट क्लबले ३५.१ ओभर खेल्दै १४९ रनको स्कोर तयार पारेको थियो । चौथो विकेटको लागि सुदिप पौडेल र अरुण अधिकारीले ६६ रनको साझेदारी गर्दै सम्मानजनकस्थिति तर्फ बढाएका थिए । अधिकारीले ३२ रन बनाउने क्रममा ५८ बल खेल्दै ४ चौका र १ छक्का हिर्काए । सुदिपले पनि ३९ रन जोड्न ेक्रममा ७० बल खेल्दै तीन चौका हाने । कप्तान विपिन खत्री भने १३ बलमा आउट हुन पुगे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा दिपेश खत्री, विकास क्षत्री, अभिषेक थापा, विपिन खत्री, सुवास भण्डारी, नितेश गिरी र विपिन खत्री म्यान अफ दि म्याचको हकदार भए । बेष्ट व्याट्सम्यानको रुपमा अभिषेक थापा घोषित हुदाँ बलरबाट अमृत गुरुङ घोषित भएका थिए । अफिसियल आशिष बरालका अनुसार उदीयमान खेलाडी अभिषेक थापा भए भने म्यान अफ दि सिरिजको पुरस्कार विपिन खत्रीले प्राप्त गरे । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देल, सचिव दिपेन्द्रप्रताप चन्द तथा कोषाध्यक्ष एवं संयोजक चन्द्रकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…