२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

पोखरा महानगरस्तरीय जेष्ठनागरिक समितिको अध्यक्षमा–गिरी

गण्डकी, १ पुस (रासस) , जेष्ठनागरिकको हक, हित र अधिकारको सुनिश्चित गर्ने उदेश्यका साथ पोखरा महानगरस्तरीय जेष्ठनागरिक तदर्थ समिति गठन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा वृद्धाश्रममा भएको एक भेलाले भुपेन्द्र गिरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

सो समितिको उपाध्यक्षमा ललित बहादुर भण्डारी, सचिव टोपराज ढुङ्गाना, कोषाध्यक्ष सुष्मा लामिछाने तथा सदस्यहरुमा शान्तमणी सुवेदी, विश्वनाथ पराजुली, लिलाधर भट्टराई,राजेन्द्रनिधी कोइराला, रोम शाक्य, गोविन्दकुमार श्रेष्ठ र ऋतुनाथ आचार्य रहनु भएको छ ।
राष्ट्रिय जेष्ठनागरिक महासंघ गण्डकी प्रदेश अध्यक्ष कुसुमकेशव पराजुलीले सो भेलाको उद्घाटन गर्दै जेष्ठनागरिक सम्वन्धी संवैधानिक व्यवस्थाको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आमा यग्रोका प्रवन्धनिर्देशक आरती त्रिपाठीले प्रत्येक घरपरिवाले जेष्ठनागरिकलाई माया ममता सहित खाद्य पोषणमा ध्यान पु¥याउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

समितिको पहिलो बैठकले पोखरा महानगरपालिकाका ३३ वटै वडामा समिति गठन गरेर जेष्ठनागरिक दिवा सेवा केन्द्र स्थापना गरि सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…