२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरदेशमुख्य खबर

राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको ः सञ्चार मन्त्री गुुरुङ

काठमाडौँ, २ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक दुई वटा कोभिडबाट आक्रान्त भएको बताउँदै राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका सञ्चारमन्त्री गुुरुङले कोभिड भाइरसको महामारीले सबै क्षेत्र अक्रान्त भैरहेको अवस्थाबाट माथि उठ्न सबै क्षेत्र जुट्नुपर्ने बेलामा सरकारलाई काम गर्न नदिइ बन्धक बनाउन खोजिरहेका कारण त्यसलाई फुकाउन आवश्यक भएर नै सरकार अध्यादेश ल्याउन बाध्य भएको बताउनु भयो । बुधबार नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रमा देखिएका समस्या र तिनका समाधन विषयमा छलफल गर्न बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो कोभिड भाइरस जस्तै फैलिरहेको गलत राजनीतिक परिपाटीको भाइरसको अन्त्य गर्न अध्यादेश ल्याइएको हो ।”

मन्त्री गुरुङले संवैधानिक आयोगहरु क्रमशः खाली हुदै जानु संविधान र लोकतन्त्रका निम्ती नै घातक हुने भएकोले संबैधानिक परिषदलाई क्रियाशील बनाउन बाटो खोल्न मात्रै अध्यादेश विकल्पको रुपमा अघि सारिएको स्पष्ट पार्नु भयो । एकातिर आयोगहरु खाली गरेर सरकार निरङ्कश बाटोमा अघि बढ्यो भनेर खिल्ली उडाउने अर्कोतिर संवैधानिक परिषद्को वैठक बस्न नदिने षड्यन्त्र गरिरहने चरित्रकै कारण मुलुक अस्थिरतार्फ धकेलिरहेको पनि उहाँले बताउनु भयो ।

सरकारलाई निरङ्कुश भयो भन्दै अनिर्णयको बन्दी बनाउन चालवाजी रच्ने, सडकमा सरकार विरुद्ध विभिन्न मुकुट लगाउदै उतार्ने र देशलाई अस्थिरतातर्फ धकेलेर सरकारलाई असफल हैन, राष्ट्र र संविधानलाई नै असफल बनाउने षड्यन्त्रबाट मुक्त गर्न नै सरकारले बाध्यतावस कदमहरु चाल्नु परिरहेको मन्त्री गुुरुङले बताउनु भयो । उहाँले अध्यादेश किन ल्यायो भनेर सरकारलाई प्रश्न गर्नेहरुले अध्यादेश किन ल्याउनु परेको होला भनेर आफै ठण्डा दिमागले सोच्नुपर्ने पनि बताउनु भयो । सरकारले बाध्यतावश ल्याएको अध्यादेशका बारे जनताले नै उत्तर दिने मन्त्री गुरुङको भनाई छ । संविधानका रक्षाका निम्ती पनि सरकारले बाध्यतावस नयाँ कोर्षमा जानु परेको बताउँदै उहाँले भन्नुभयो, “संसदलाई छलेको नभै संसदकै रक्षाका निम्ती अध्यादेश जारी गर्नुपरेको हो ।” मन्त्री गुुरुङले आयोगहरु गठनका सम्बन्धमा निर्णय गर्न खोज्दा संवैधानिक परिषदलाई क्रियाशील हुने वातावरण बन्न दिएको भए त्यस्तो अध्यादेशको बारेमा सोच्ने अवस्था नै नआउने बताउनु भयो ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…