0Shares

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नु भएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नु भएको हो ।

यद्धपि बैठकमा मन्त्रिहरु बर्षामान पुन, योगेश भट्टराई ,  प्रदीप ज्ञवाली र घनश्याम भुसालले विघटन गर्न नहुने सुझाब दिएका थिए।

चार मन्त्री बोले लगत्तैै प्रधानमन्त्री ओली ल ठीक छ भन्दै बैठकबाट उठेर संसद विघटन र २३ वैशाखमा आम चुनावको प्रस्ताव लिएर राष्ट्रपति भवन शितलनिवास पुगेर फर्कनु भएको छ

प्रधानमन्त्रीको यो कदमको पार्टीभित्रका शिर्षनेताहरु, प्रमुखप्रतिपक्षदल सहित र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected