२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यकृषिमुख्य खबर

बक्यौता नपाउँदै उखु किसानको मृत्यु

काठमाडौँ, १४ पुस । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता रु २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो ।

यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको रु पाँच करोड दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।

सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरूको कूल बक्यौता रु ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको रु १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने राससलाई बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडाँैको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए । यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो । सरकारले उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरूलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।

रु ३३ करोड बक्यौता भुक्तानी

उखु किसानको आन्दोलन शुरु भएपछि तीन चिनी मिलले रु ३३ करोड बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी शुरु गरिसकेका छन् । उहाँका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले रु २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु दुई करोड भुक्तानी गरिसकेका छन् ।

सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको रु ३५ करोड, लुम्बिनी सुगर मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको रु सत्र करोड बक्यौता छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…