२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखरामा माघ १ गतेबाट फुडजोनको सेवा

पोखरा । अनलाइनका माध्यमबाट रेष्टुरेन्टका खाना तथा खाजाहरु अर्डर तथा होमडेलिभरी सेवा प्रदान गर्नेगरी ‘फुडजोन पोखरा’ ले सेवा सुरु गर्ने भएको छ । पोखराका युवा व्यवसायी चेतन अधिकारीको लगानीमा माघ १ गतेबाट फुडजोन सञ्चालनमा आउन लागेको हो ।
धधध।ाययमशयलभउयपजबचब।अयm अनलाइनमा गएर ग्राहकले आफ्नो इच्छा अनुसारको रेष्टुरेन्ट चयन गरी खाना तथा खाजा अर्डन गर्न सक्ने कम्पनीका सञ्चालक चेतन अधिकारीले जानकारी दिए । बिहान ८ बजेदेखि राति ११ बजेसम्म अर्डर गर्न सकिने र होमडेलिभरी सेवा प्रदान गरिने अधिकारीले बताए ।
होम डेलिभरी निःशुल्क हुने कम्पनीले जनाएको छ । पहिलो चरणमा पोखरा क्षेत्रमा मात्रै सेवा प्रदान गरिने अधिकारीले जानकारी दिए । निकट भविष्यमा घरघरमा फलफुल तथा प्रशोधित तरकारीसमेत डेलिभरी गर्ने योजना कम्पनीले लिएको छ ।
यसैबीच, कम्पनीले माघको पहिलो साताका लागि विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ । ‘कम्पनी सुरुवातको अवसरमा एक सातासम्म ५० प्रतिशत भन्दा बढी छुटमा सेवा प्रदान गर्न लागिएको हो,’ अधिकारीले भने, ‘ग्राहकले नसोचेको मूल्यमा निकै सस्तोमा खाना तथा खाजा अर्डर सक्नुहुनेछ ।’
सेवा सुरुवातको दिन माघ १ गते पोखरा क्षेत्रका ५० जना असहाय व्यक्तिहरुलाई निःशुल्क खाना वितरण गरिने कम्पनीले जनाएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…