0Shares

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको दोस्रो पूर्ण बैठकले गरेको निर्णय कार्यान्वयन प्रक्रिया पौष २८ गतेबाट शुरु गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा ०७७ पौष २१ र २२ मा बसेको बैठकले देहाय बमोजिमका निर्णय गरेको थियो ।

समसामयिक सन्दर्भ
१. प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेसले देशव्यापी रुपमा संचालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने ।
२. कोभिड–१९ को विश्वव्यापी महामारी सुरु भएको एक वर्ष व्यतीत हुदा पनि यसको उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा नराखेर सरकारले नागरिक स्वास्थमा गरेको खेलवाडलाई गम्भीरता साथ लिएर नागरिकलाई स्वयं सजगताका लागि अपील गर्दै सरकारलाई नागरिक जीवनप्रति गम्भीर भइ ब्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको कोभिड—१९ को खोप नेपालमा यथासक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन आग्रह गर्ने ।

सब डोमेन र छहारी संवाद बारे
३) प्रथम पूर्ण बैठकले गरेको निर्णय अनुरुप पार्टीको परिमार्जित रूपमा सार्वजनिक गरिएको वेबसाईटलाई अझ परिस्कृत गर्दै लैजाने । आठ संसदीय दल, जिल्ला कार्यसमितिहरु, भातृ र शुभेच्छुक संस्थाहरु एवं बिदेश स्थित नेपाली जनसम्पर्क समितिहरुको वेबसाईट संचालनका लागि निर्मित डेढसय बढी ‘सब डोमेन’ हरुको कार्यान्वयन प्रक्रियालाई माघ १५ गते सम्म सार्थक गतिमा अघि बढाउने । ७७ जिल्लाको सब डोमेन समन्वयको कार्य पूर्णता दिनका लागि जिम्मेवारी तोकिनु भएका साथीहरुलाई माघ १५ सम्मकै मिति बैठकले तोकेको छ ।
४) गत ६ महिना यता हरेक मंगलबार देखि शुक्रबारसम्म सांझ ७.१५ मा पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारि खुला अन्तरकृयाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंदै स्रोता क्लब गठन गर्ने ।
५) प्रथम पूर्ण बैठकले गरेको निर्णय बमोजिम पार्टीको ‘प्रविधि मैत्री अभियान’ का लागि आवश्यक संयन्त्र र संरचना विस्तार अघि बढाउने ।

जिम्मेवारी हेरफेर र विभिन्न उपसमितिहरु गठन
६) बैठकले विभागका केहि सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ भने निम्न साथीहरूको संयोजकत्वमा देहाय बमोजिमका उपसमिति र कार्यदलहरु गठन गरेको छ ।
(क) नेपाली कांग्रेसले शासन सम्हालेका समयमा भएका कमि कमजोरी अध्ययन कार्यदल । संयोजक—डा. सुरेश आचार्य ।
(ख) नेपाली कांग्रेसको नेतृत्वमा हासिल राजनीतिक र सामाजिक उपलब्धि अध्ययन कार्यदल । संयोजक—रामचन्द्र घिमिरे ।
(ग) नेपाली कांग्रेसको नीति र नेतृत्वमा हासिल आर्थिक उपलब्धि अध्ययन कार्यदल । संयोजक— डा. संजय महतो ।
(घ) कम्युनिष्ट सरकारको भनाइ र गराइ अध्ययन र संक्षेपीकरण कार्यदल । संयोजक—गोपाल कुमार झा ।
(ङ) मितव्ययी निर्वाचन व्यवस्थापन अध्ययन कार्यदल । संयोजक— दिनेश थापा मगर ।
(च) सामाजिक संजाल समन्वय उपसमिति । संयोजक— ई. दिपेश बिष्ट ।
(छ) नेपाली कांग्रेस महिला प्रचार नेटवर्क । संयोजक— अञ्जना अर्याल, सहसंयोजक— राधा कुंवर क्षेत्री, सचिव— अनिता शर्मा ।
(ज) नेपाली कांग्रेस युवा प्रचार नेटवर्क । संयोजक— विकल राई ।
७) भिन्न समुदायका मुद्दा र मानसिकता सम्वन्धी वजरंग नेपालीको संयोजकत्वमा गठित अध्ययन कार्यदललाई बैठकले पूर्णता दिएको छ ।
८) देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदल बैठकले गठन गरेको छ । संयोजक – विश्वप्रकाश शर्मा ।
९) विभाग अन्तर्गतको प्रविधि संयोजन उपसमिति, रेडियो उपसमिति, टेलिभिजन उपसमिति एवं कोभिड सूचना उपसमितिका कामहरू समिक्षा गर्दै अझ प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।
१०) प्रथम र दोस्रो गरि दुबै पूर्ण बैठकहरुबाट गठित करिब दुइ दर्जन बढी उपसमितिहरुको काम कारवाही अनुगमन गर्न विभागका सदस्य नीर शाहको संयोजकत्वमा विभागका सदस्यद्वय– डा अंजनिकुमार झा र फुलकुमार लालवानी सदस्य रहेकोे अनुगमन समिति गठन गरिएको छ ।
११) नेपाली कांग्रेसको नीति, विचार र सिद्धांतलाई आम नागरिकसम्म पु¥याउन प्रविधिको अधिकतम प्रयोग गर्ने नीति बमोजिम २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा ऋयलनचभकक ब्उउ सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

गठित विभिन्न कार्यदल र उपसमितिहरुले सम्बन्धित क्षेत्रका पार्टी निकट विज्ञ र वुद्धिजीवी र शुभेच्छुकहरुसँग आवश्यक परामर्श गरी आफ्नो जिम्मेवारीलाई पूर्णता दिई तेस्रो पूर्ण बैठकमा प्रस्तुत गर्नु हुने निर्णय बैठकले गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected