न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने
- January 16, 2021
- 1125
0Shares
काठमाडाँै, ३ माघ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
उक्त प्रणालीको प्रभावले अझै केही देशका अधिकांश भूभागमा हुस्सु तथा तुवाँलो लाग्ने बताइएको छ । हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा सामान्य तथा आंशिक बदली रहेको छ । साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।