२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्यदेश

अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

काठमाडौँ, ६ माघ । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ । डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताउनुभयो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…