२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिनुभयो ।

अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उहाँले बताउनुभयो । विसं २०६२÷०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उहाँले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राख्नुभयो ।
“निर्वाचनका माध्यमबाट नेकपाले दुई तिहाइ जनमत प्राप्त गरेपछि सबै क्षेत्रमा न्याय, सुशासन र समृद्धिको नयाँ युग शुरु हुनेछ, अप्ठ्यारोमा परेका जनतालाई कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले राहत दिन्छ भन्ने सोचिएको भए पनि हामीले त्यसो गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि घोषणापत्रमा भनेजस्तै गर्न नखोजेको भने होइन, पार्टी एकताबखत भएका सहमति, समझदारी लागू गर्नबाट उहाँ (प्रधानमन्त्री) पछि हट्नुभयो ।”

“हामीले त्यसका विरुद्ध पनि बहस र सङ्घर्ष गरेका थियौँ । हामीले तीन वर्षमा प्रधानमन्त्रीलाई तह लगाउन सकेनौँ, हाम्रा पनि केही कमीकमजोरी रहे”, अध्यक्ष दाहालले भन्नुभयो ।

‘पार्टी विधान नमानेकाले’ प्रधानमन्त्रीका विरुद्ध आफूहरुले पार्टी कमिटीभित्र सङ्घर्ष गर्दै आएको उहाँले बताउनुभयो । “यति गर्दा पनि प्रधानमन्त्रीलाई सच्चाउन सकिएन, म आत्मालोचना गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “आज आएर प्रधानमन्त्रीले पार्टी विधान, पार्टीभित्र भएका सहमति नमान्ने मात्र होइन, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नमानेर विध्वंसतर्फ जाने काम गर्नुभयो ।”

आफूहरुले पार्टीलाई सिद्धान्तमा आधारित पार्टी बनाउन चाहेको पनि उहाँले बताउनुभयो । “माक्र्सवाद, लेनिनवादको निर्देशनमा चल्ने पार्टी बनाउन चाहेका छौँ । समाजवाद र सामाजिक न्यायप्रति इमान्दार, जनवादी केन्द्रीयतामा चल्ने, सङ्गठनात्मक विधि पद्धतिमा चल्ने, नेपाली जनतालाई राहत दिने र सक्ने, सामाजिक न्यायसहित निजी तथा सहकारीसँग सहकार्य गरेर समाजवादको नेपाली मोडेल बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…