२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

निर्वाचनको तयारीलाई विभिन्न बिषय क्षेत्रमा आवश्यक सहयोगका लागि सरकार समक्ष आयोगद्धारा आग्रह

काठमाडौं, ११ माघ । आगामी बैशाख १७ गते पहिलो चरण र २७ गते दोश्रो चरणमा सम्पन्न गर्नेगरी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगले विभिन्न बिषय क्षेत्रमा आवश्यक सहयोगका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गरेको छ ।

निर्वाचन आयोगबाट सञ्चालन भैरहेको मतदाता नामावली (दावी विरोध समेत) अद्यावधिक कार्यक्रम, २०७७, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ सरोकारवालाहरुको व्यापक सहभागितामा सम्पन्न गर्न गराउन आमनागरिकहरुलाई सु–सूचित गराउन अनुरोध गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा स्थापना गरी निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरु व्यवस्थापन गर्ने सम्बन्धमा उपयुक्त स्थल चयन गरी विकल्प सहित आयोग समक्ष सिफारिश गरी पठाउने व्यवस्था हुन, कायम भएका मतदान स्थलहरूको संरक्षण, मर्मत सम्भार एवं मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार आवत जावतको वैकल्पिक मार्ग, सडक, पुल–पुलेसा, कम्पाउण्ड वाल, तारवार आदि लगायतको प्रवन्ध हुन, आयोगबाट भएका निर्णयलाई उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न, गराउन पनि आग्रह गरिएको छ । साथै निर्वाचन व्यवस्थापनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र शैक्षिक संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको विवरण अद्यावधिक गरी निर्वाचन प्रयोजनको लागि माग गरेको बखत तुरून्त उपलब्ध गराउने व्यवस्था हुन, पूर्वाधार तथा भौतिक साधनहरू, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरणहरू निर्वाचनको कामको लागि प्रयोग गर्न सक्नेगरी व्यवस्था हुन आग्रह गरेको छ ।
सबै स्वास्थ्य संस्थाहरू निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन, एम्बुलेन्स तथा दमकल जस्ता साधनहरूलाई आवश्यक परेको बखत तत्काल प्रयोग गर्न सक्ने व्यवस्था हुन, सार्वजनिक तथा नीजि सञ्चारका माध्यमबाट निर्वाचन सम्बन्धी सामग्रीलाई प्राथमिकतासाथ प्रकाशन एवम् प्रसारण गर्ने गराउने व्यवस्था हुन, निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्रीहरू प्राप्त गरी सबै छापा एवं विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण हुने व्यवस्था हुन, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरूको प्राथमिकताका साथ आवश्यक मर्मत संभार गरी गराई सुचारू अवस्थामा राख्न, निर्वाचन सम्बन्धी क्रियाकलापहरूलाई थप प्रविधिमैत्री बनाउने लगायतका विभिन्न आग्रह गरिएको आयोगद्धारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…